Logo

२०८३, श्रावण ३०गते


images
images

मौसम पूर्वानुमान : पश्चिमी वायूको आंशिक प्रभाव

मौसम पूर्वानुमान : पश्चिमी वायूको आंशिक प्रभाव

images
  • मौसम पूर्वानुमान : पश्चिमी वायूको आंशिक प्रभाव
    images
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । विभागले हाल तराईका धेरै स्थानहरूमा हुस्सु् लागेको छ भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको जनाएको छ ।

    images
    images
    images

    त्यस्तै देशका तराई भू-भागमा हुस्सु/कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन विभागले अनुरोध गरेको छ ।

    images
    images
    images

    त्यसैगरी आज दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ भने कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका तराई भू-भागमा बिहान केही समय तथा बाँकी तराई भू-भागमा मध्यान्नसम्म कुहिरोको समेत सम्भावना रहेको छ ।  त्यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ । आज राती तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । सबै प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने विभागले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम पूर्वानुमान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।