बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवल मैनाबगरमा रहेको अटोभिलेज ब्यवस्थित हुँदै जाने प्रतिबद्धता ब्यक्त गरेका छन् । धुलो हिलो हुने मैनाबगर अहिले पक्की बाटो तथा ढल ब्यवस्थापन भएको बताउँदै उनले अझै ब्यवसायीका माग अनुसारका काम गर्दै अझै ब्यवथित हुने बताए ।
बुटवल अटो इन्जिनियरिङ एशोसियसन रुपन्देही लुम्बिनीको ३०औं साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पाण्डेयले बुटवलका बुटवलमा कुनैपनि व्यावसायिक संस्था बिस्थापित हुन नहुने प्रतिबद्धता जनाए । उनले पोखराका अटो ब्यवसायीहरु बिस्थापित हुन लागेको सुन्दा निकै नरमाइलो लागेको बताउँदै व्यवसायी जन्माउन धेरै वर्ष लागेको भन्दै व्यवसायीलाई बिस्थापित नगरी बैकल्पिक मार्ग प्रशस्त गर्न आग्रह गरे ।
संस्थाका अध्यक्ष प्रेम गौचनले वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अटोभिलेज अझै बिस्तारका सन्दर्भमा सेटलाईट अटोभिलेज निर्माणको कुरालाई जोड दिएका थिए । उनले अवैध चोरी नियन्त्रणको माग समेत गरे । नेपाल अटोमेकानिक्स ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष गोपाल भट्टराईले सबै जिल्ला संघमा अटोभिलेज निर्माणमा पहल गर्ने बताए । उनले सबैको
गण्डकी अटो मेकानिकल एक्स एशिसियसन पोखराका अध्यक्ष बिष्णु अधिकारीले मेकानिक्स व्यवसाय पछिल्लो समय मेकानिक्स व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन भएको बताए ।
कार्यक्रममा संघका पुर्व अध्यक्ष तथा बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरेले व्यवसायीको हकहित र मर्यादा कायम राख्दै नयाँ प्रविधि र सीपलाई अगाडि बढाउनुपर्ने बताए ।
पुर्व अध्यक्ष ज्योति भण्डारीले मैनाबगर अटोका व्यवसायी र मजदुरका समस्यालाई समाधान गर्न सकेमा नमुना अटो भिलेज बन्न सक्ने बताए ।
संघका सल्लाहकार तथा चेम्बर अफ कमर्सका अध्यक्ष टंकप्रसाद पोख्रेलले अबको युवापुस्ताले नयाँ प्रविधिसंगै सीपमा दक्षता हासिल गर्नुपर्नेमा जोड दिए ।
संघका अध्यक्ष प्रेम गौचनले अध्यक्षको बार्षिक प्रतिवेदन, महासचिव पुनित पोख्रेलले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष नमराज सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।
सो अवसरमा जेष्ठ सदस्यबाट मोहनलाल पान्डेय, अनुशासित ब्यवसायीबाट टेक बहादुर सिजाली, प्रतिष्ठान सरसफाईबाट दिपेश घिमिरे, सीप क्षमता बिस्तारबाट मोहन सुनुवार र महिला ब्यवसायीबाट रतनमाया चौधरीलाई सम्मान समेत गरिएको थियो । संघका उद्योग उपाध्यक्ष धुर्वराज भुसालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सन्चालन महासचिव पुनित पोख्रेलले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology