Logo

२०८३, श्रावण ३०गते


images
images

बंगलादेश प्रिमियर लिग

बंगलादेश प्रिमियर लिग : ढाका क्यापिटल्सका सहायक प्रशिक्षकको निधन

बंगलादेश प्रिमियर लिग : ढाका क्यापिटल्सका सहायक प्रशिक्षकको निधन

images
  • बंगलादेश प्रिमियर लिग : ढाका क्यापिटल्सका सहायक प्रशिक्षकको निधन
    images
    images

    काठमाडौँ । बंगलादेश प्रिमियर लिग जारी रहेका बेला ढाका क्यापिटल्सका सहायक प्रशिक्षक महबुब अली जाकीको शनिबार अचानक मृत्यु भएको छ । सिल्हेट अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राजशाही वारियर्सविरुद्धको आफ्नो टोलीको पहिलो खेल हुनुभन्दा केही मिनेट अघि उनी मैदानमै ढलेका थिए ।

    images
    images
    images

    टोलीका कर्मचारी र मेडिकल टोलीले तुरुन्तै सिपिआर दिए र उनलाई एम्बुलेन्सबाट अल हरामैन अस्पताल लगियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरेका थिए ।

    images
    images
    images

    यो अचानक भएको घटनाले रंगशालामा रहेका सबैलाई स्तब्ध बनायो । टोलीका अधिकारीहरूका अनुसार, जाकीले पहिले कुनै स्वास्थ्य समस्याको गुनासो गरेका थिएनन् । घटनाको खबर फैलिएपछि, धेरै लिगका खेलाडीहरू अस्पताल पुगेका थिए ।

    images
    images
    images

    आजको खेलपछि जाकीको शवलाई स्टेडियममा ल्याएर फ्यानहरुकै अगाडी अन्तिम श्रद्धाञ्जली दिइएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बंगलादेश प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।