Logo

२०८३, श्रावण ३०गते


images
images

बंगलादेश प्रिमियर लिग

बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

images
  • बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार
    images
    images

    काठमाडौँ । बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बिपीएल) खेलाडीले बहिष्कार गरेपछि अवरुद्ध भएको छ ।

    images
    images
    images

    आज स्थानीय समय अनुसार साढे १२ बजेदेखि शुरु हुनुपर्ने बिपिएल अन्तर्गतको चट्टोग्राम रोयल्स र नोआखली एक्सप्रेसबीचको खेल टसको लागि दुवै टोली मैदानमा नआएपछि ढिलाइ भएको छ । 

    images
    images
    images

    बंगलादेश क्रिकेट बोर्डका निर्देशक एम. नजमुल इस्लामले पूर्व कप्तान तमिम इकबाललाई 'भारतीय एजेन्ट' भनेपछि क्रिकेटर कल्याण संघले सबै खेल बहिष्कार गर्ने घोषणा गरेको थियो । तमिमले भारत र बंगलादेश क्रिकेट बीचको जारी तनावलाई वार्ताबाट समाधान गर्न सुझाव दिएपछि निर्देह्स्क इस्लामले उनलाई 'भारतीय एजेन्ट' भनेको बताइएको छ । 

    images
    images
    images

    बंगलादेश क्रिकेट बोर्डले इस्लामलाई स्पष्टिकरण सोधेको भएपनि खेलाडी संघले भने उनलाई हटाउन माग गरेको बताइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बंगलादेश प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।