Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनीमा महिला आयोगको संरचना र कार्यालय स्थापनामा प्रदेश सरकारले सहयोग गर्ने

लुम्बिनीमा महिला आयोगको संरचना र कार्यालय स्थापनामा प्रदेश सरकारले सहयोग गर्ने

images
  • लुम्बिनीमा महिला आयोगको संरचना र कार्यालय स्थापनामा प्रदेश सरकारले सहयोग गर्ने
    images
    images

    रोल्पा । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले राष्ट्रिय महिला आयोगको संरचना प्रदेशमा आवश्यक रहेको बताउँदै संरचना स्थापना र प्रदेश कार्यालयका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् ।

    images
    images
    images

     
    बिहिवार  विहान राष्ट्रिय महिला आयोगका सदस्य एवं प्रतिनिधीहरुसँग भेटघाट एवं वार्षिक प्रगति प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री केसीले लैगिंक हिंसाको घटनाहरु तिव्ररुपले बढि रहेकाले यसलाई कानूनी रुपमा सहजीकरण गर्नका लागि पनि प्रदेश र जिल्ला स्तरमा समेत महिला आयोगको आवश्यकता रहेको बताए । 
     

    images
    images
    images

    प्रतिनिधीहरुसँग कुराकानी गर्दै नेपालको संविधान २०७२ ले राष्ट्रिय महिला आयोगको परिकल्पना संघीय सूचीमा रहेको प्रदेशबाट अलग्गै संरचना निर्माण भन्दा पनि संघीय आयोगको संरचनानै प्रदेशमा पठाउँदा बैज्ञानिक हुने कुरा बताउँदै उनले भने–“हाम्रो संविधानमा संघीय सूचीमा रहेकोले यसलाई संघीय संरचना नै प्रदेशमा लिएर अगाडि बढाउँदा प्रभावकारी रुपमा विकास र कार्यन्वयनमा सहजता आउनेछ । हामी राष्ट्रिय महिला आयोगको संरचनाको स्थापाना र कार्य सञ्चालनको लागि सहयोग गर्छौ ।”
     
     
    वार्षिक प्रगति पुस्तिका हस्तातरण एवं भेटघाट कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य बिद्या कुमारी सिन्हाले राष्ट्रिय महिला आयोगको संरचना निर्माणको लागि धेरै समय नै लागेको बताउँदै अव त्यसको संरचना र कार्यालय ७ वटै प्रदेशमा स्थापना गर्ने योजना रहेकाले लुम्बिनी प्रदेशमा पनि छिटै प्रदेश कार्यालय स्थापना गरी कार्य अगाडि बढाउन लागेका बताएकी थिइन् । 
     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।