Logo

२०८३, आश्विन १०गते


images
images

'मधेस माओवादीमय बन्‍ने भएपछि हत्याकाण्ड मच्चाइयो, विदेशी शक्तिले नयाँ पार्टी बनाइदिए'

'मधेस माओवादीमय बन्‍ने भएपछि हत्याकाण्ड मच्चाइयो, विदेशी शक्तिले नयाँ पार्टी बनाइदिए'

images
  • 'मधेस माओवादीमय बन्‍ने भएपछि हत्याकाण्ड मच्चाइयो, विदेशी शक्तिले नयाँ पार्टी बनाइदिए'
    फाइल फोटो
    images
    images

    काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेस माओ‌वादीमय बन्ने भएपछि शान्ति सम्झौताको बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै ठूला षड्यन्त्र भएको दाबी गरेका छन् । दाहालकै निवासमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले 'मधेसको मुद्दा र मधेसी जनताको अधिकारलाई स्थापित गर्ने पार्टी माओवादी नै थियो भन्ने लहर' चलेको बेला माओवादीलाई रोक्न ठूला षड्यन्त्र भएको दाबी गरेका हुन् ।

    images
    images
    images


    'मधेसको मुद्दालाई मधेसी जनताको अधिकारलाई स्थापित गर्ने पार्टी माओवादी नै थियो भन्ने लहर चल्दै थियो । यसलाई रोक्नका लागि निकै ठूला षड्यन्त्रहरु भए । राष्ट्रियस्तरबाट मात्रै होइन अन्तर्राष्ट्रियस्तरबाटै भए,' दाहालले भने,'मधेस माओवादीमय भयो भने नेपाल नै माओवादीमय हुन्छ र यसलाई कसैले रोक्नै सक्दैन भनेर निकै ठूलो भयानक हत्याकाण्ड मच्चाइयो । रुपन्देही कपिलवस्तुमा पनि भए । माओवादीले केही गर्न सक्दैन भनेर राजनीतिक रूपमा ठूलै भ्रम फैलाइए । विदेशी शक्तिले बनाइदिए त्यस्ता पार्टी । नेपाली र मधेसी जनताले बनाएको पार्टी पनि हैनन् तिनी । अर्कैको डिजाइनमा बन्यो तर भनियो मधेसको मसिहा हामी नै हो ।'

    images
    images
    images


    उनले मधेसको मसिहा भन्ने पार्टी नै अहिले गणतन्त्र, संघीयता, पहिचान विरोधी भएर निस्किएको बताए । उनले त्यस्ता पार्टीहरु केपी ओलीसँग साँठगाँठ गर्न पुगेको पनि बताए ।

    images
    images
    images


    अध्यक्ष दाहालले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, पहिचान र अधिकार स्थापित गर्ने सवालमा माओवादी आन्दोलन र माओवादी नेताको निर्णायक भूमिका भएपनि देशका प्रतिक्रियावादी पुराना शासकहरुलाई स्वीकार्य नभएपछि षड्यन्त्रहरु भएको बताए ।


    उनले अब लुम्बिनी र मधेस प्रदेश माओवादीमय हुने दाबी समेत गरे । त्यसक्रममा दाहालले रुपन्देहीकाे सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लालाई माओवादी प्रवेश गराएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।