Logo

२०८३, कार्तिक २९गते


images
images

समाचार

नवलपरासीको बर्दघाटस्थित कजरिया टायल्स उद्योगमा दुई मजदुरको मृत्यु

नवलपरासीको बर्दघाटस्थित कजरिया टायल्स उद्योगमा दुई मजदुरको मृत्यु

images
  • नवलपरासीको बर्दघाटस्थित कजरिया टायल्स उद्योगमा दुई मजदुरको मृत्यु
    images

    नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिका-१२ भटौलियास्थित कजरिया रमेश टायल्स उद्योगमा कार्यरत दुई मजदुरको मृत्यु भएको छ । 

    images
    images
    images

    गएराति उद्योगमा काम गरेर कोठामा सुतेका एक भारतीय र नेपाली मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा नवलपरासी बर्दघाट नगरपालिका-१३ धनेवाका ४० वर्षिय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्लाका ३० वर्षिय विनोदकुमार रहेका छन् ।

    images
    images
    images

    मृतक दुबै जना अग्नी नियन्त्रण प्लान्ट काम गर्ने मजदुर रहेको उद्योगले जनाएको छ । उनीहरु उद्योगको ग्यासी फायरको पोकिङ् फ्लोरमा एकै ठाउँमा गत्ता ओछ्याएर सुतेको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । 

    images
    images

    घटनापछि स्थानीय आक्रोशित हुदै उद्योगको लापरबाहीले घटना घटेको र दोषीलाई कारबाहीको माग  गर्दै उद्योग घेराउन गरेका छन् ।

    शव पोष्टमार्टमका लागि लैजान खोजेपनि स्थानीयले दोषीलाई कारवाहीको माग गर्दै अवरोध गरेपछि अहिलेसम्म पठाउन नसकिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कजरिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।