Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

स्वीजरल्याण्डको स्की रिसोर्ट विस्फोट : आतंकवादी घटना नभएको दाबी, उद्धार कार्य जारी

स्वीजरल्याण्डको स्की रिसोर्ट विस्फोट : आतंकवादी घटना नभएको दाबी, उद्धार कार्य जारी

images
  • स्वीजरल्याण्डको स्की रिसोर्ट विस्फोट : आतंकवादी घटना नभएको दाबी, उद्धार कार्य जारी
    images
    images

    काठमाडौँ । स्वीजरल्याण्डको क्र्यान्स-मोन्टानाको स्की रिसोर्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या यकिन भएको छैन । 

    images
    images
    images

    प्रहरीले विस्फोटमा परेकाको उद्धार गर्न १० हेलिकप्टर, ४० एम्बुलेन्स र १५० स्वास्थ्यकर्मीलाई खटाएको जानकारी दिएको छ । विस्फोटको समयमा रिसोर्टमा सय भन्दा बढीको उपस्थिति रहेको बताइएको छ । 

    images
    images
    images

    साथै प्रहरीले यो आतंकवादी घटना नभएको स्पष्ट गरेको छ । अहिलेसम्म आतंकवादी घटनाको कुनै प्रमाण नभेटिएको जानकारी दिइएको छ ।  

    images
    images
    images

    रिसोर्टमा नयाँ वर्षको पूर्वसन्ध्यामा उत्सव आयोजना गरिरहेको समयमा विस्फोट भएकोले धेरै हताहत भएको अनुमान गरिएको छ ।

    क्र्यान्स-मोन्टान स्विस आल्प्स पर्वत शृङ्खलामा अवस्थित एक लक्जरी स्की रिसोर्ट हो । यो स्विट्जरल्याण्डको राजधानी बर्नबाट लगभग दुई घण्टाको ड्राइभमा छ । यो शहर बेलायती पर्यटकहरूमाझ लोकप्रिय छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वीजरल्याण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।