Logo

२०८३, श्रावण ३०गते


images
images

काँग्रेस महाधिवेशन

काँग्रेसको महाधिवेशन बैशाखमा गर्ने नयाँ कार्यतालिका पारित

काँग्रेसको महाधिवेशन बैशाखमा गर्ने नयाँ कार्यतालिका पारित

images
  • काँग्रेसको महाधिवेशन बैशाखमा गर्ने नयाँ कार्यतालिका पारित
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन बैशाखमा गर्ने नयाँ कार्यतालिका पारित भएको छ । 

    images
    images
    images

    शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा चुनावपछि महाधिवेशन गर्नेगरि पेश गरेको कार्यतालिका पारित भएको प्रवक्ता प्रकाश शरण महत्तले जानकारी दिएका हुन् । 

    images
    images
    images

    नयाँ कार्यतालिकामा २०८३ साल वैशाख २८-३१ मा काठमाडौंमा महाधिवेशन गर्ने उल्लेख छ । जस अनुसार चैत्र २१ गते गाउँ नगर वडा अधिवेशन, चैत्र २५ गते गाउँ नगरपालिका अधिवेशन, चैत्र २८ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, २०८३ को बैशाख २ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/ एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन, बैशाख ५ गते दुई वा दुई भन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्ला अधिवेशन, बैशाख १०, ११ र १२ गते प्रदेश अधिवेशन गर्ने तालिका छ ।

    images
    images
    images

    साथै कार्यवाहक सभापति खड्काले काँग्रेसको विधानको धारा ४३ अनुसार पार्टीका सबै तह र निकायका पदाधिकारी र सदस्यको पदावधि २०८३ जेष्ठ मसान्तसम्म थप गर्ने प्रस्ताव पारित भएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।