Logo

२०८३, कार्तिक २९गते


images
images

समाचार

सरकारले इपिएसको रोस्टरको सीमा बढाउन कुटनीतिक पहल गर्ने

सरकारले इपिएसको रोस्टरको सीमा बढाउन कुटनीतिक पहल गर्ने

images
  • सरकारले इपिएसको रोस्टरको सीमा बढाउन कुटनीतिक पहल गर्ने
    images

    काठमाडौँ । सरकारले इपिएस प्रणाली अन्तर्गत दक्षिण कोरिया जान बनाइएको रोस्टरको सीमा बढाउन कुटनीतिक पहल गर्ने भएको छ ।

    images
    images
    images

    शुक्रबार श्रममन्त्री राजेन्द्रसिंह भण्डारी, श्रम सचिव, मन्त्रालयका कर्मचारी, र वैदेशिक रोजगार विभागका महानिर्देशक तथा इपिएस प्रणाली अन्तर्गत कोरिया जाने रोस्टरमा रहेका प्रतिनीधिहरुको उपस्थितिमा भएको छलफलमा सरकारले रोस्टरको सीमा अवधि बढाउन कुटनीतिक पहल गर्ने सहमति भएको हो ।  

    images
    images
    images

    इपिएस प्रणाली अन्तर्गत दक्षिण कोरिया जाने प्रयोजनका लागि भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमामा रहेका तर विभिन्न कारणले हालसम्म सो अवसर नपाएकाहरुले सरकारको ध्यानाकर्षण गराउदै गरिरहेको प्रदर्शनपछि भएको छलफलमा मन्त्री सिंहले यस्तो सहमति जनाएका हुन् ।

    images
    images

    साथै छलफलबाट वैदेशिक रोजगारीका लागि इपिएस प्रणालीबाट कोरिया जान तयार गरिएको रोस्टरमा रहेका व्यक्तिहरूको व्यक्तिगत विवरण रोजगारदातासमक्ष पठाउने प्रक्रिया लगायतका विषयको पारदर्शिता र निष्पक्षता कायम गर्न आवश्यक सुझावसहित सिफारिस गर्नका लागि कार्यदल गठन गर्ने सहमति भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इपिएस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।