Logo

२०८३, आश्विन १०गते


images
images

कलिउड

टंक बुढाथोकीले चलचित्र ‘बा-आमा’ निर्माण गर्ने

टंक बुढाथोकीले चलचित्र ‘बा-आमा’ निर्माण गर्ने

images
  • टंक बुढाथोकीले चलचित्र ‘बा-आमा’ निर्माण गर्ने
    images
    images

    काठमाडौं । गायक तथा संगीतकार टंक बुढाथोकीले नयाँ नेपाली चलचित्र ‘बा-आमा’ निर्माण गर्ने भएका छन्। यसअघि उनले निर्माण गरेको पहिलो चलचित्र ‘मन बिनाको धन’ ले करिब चार करोड रुपैयाँ हाराहारीको व्यापार गरेको थियो ।

    images
    images
    images

    चलचित्र ‘बा-आमा’मा बालगायक अशोक दर्जी र टंकका छोरा एआर बुढाथोकी पुनः देखिने भएका छन् । अन्य कलाकारको छनोट प्रक्रिया भने बाँकी रहेको बुढाथोकीले जानकारी दिए। उनका अनुसार चलचित्रको शीर्षक चलचित्र विकास बोर्डमा दर्ता भइसकेको छ ।

    images
    images
    images

    टंक बुढाथोकीकै कथामा निर्माण हुने यस चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखिरहेका छन्। बुढाथोकीका अनुसार स्क्रिप्ट लेखन अन्तिम चरणमा पुगेको छ।‘स्क्रिप्ट लेखन लगभग अन्तिम चरणमा छ। त्यसपछि कलाकार छनोटको प्रक्रिया सुरु गर्नेछौँ,’ उनले भने, ‘आगामी वैशाखदेखि छायांकन सुरु गर्ने योजना छ।’

    images
    images
    images

    चलचित्रको कथा टंक बुढाथोकीकै लोकप्रिय गीत ‘बा-आमा’ बाट प्रेरित हुनेछ। पहिलो चलचित्रलाई दर्शकले राम्रो प्रतिक्रिया दिएको उल्लेख गर्दै उनले त्यसमा देखिएका कमी-कमजोरी सुधारेर अझ राम्रो चलचित्र निर्माण गर्ने लक्ष्य रहेको बताए ।

    करिब पाँच वर्षअघि सार्वजनिक भएको टंकको हिट गीत ‘बा-आमा’ कै शीर्षकमा चलचित्र निर्माण हुन लागेको हो। यसअघि पनि उनले आफ्नो सुपरहिट गीत ‘मन बिनाको धन’ को शीर्षकबाट चलचित्र निर्माण गरेका थिए। ‘बा-आमा’ पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित चलचित्र हुने जनाइएको छ।टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘बा-आमा’ की निर्माता विष्णुमाया मैनाली रहनेछिन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बा-आमा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।