Logo

२०८३, आश्विन १०गते


images
images

बलिउड

'ओ माई गड' को तेस्रो संस्करणमा अक्षय र रानी

'ओ माई गड' को तेस्रो संस्करणमा अक्षय र रानी

images
  • 'ओ माई गड' को तेस्रो संस्करणमा अक्षय र रानी
    images
    images

    काठमाडौँ । बलिउडको लोकप्रिय फ्रान्चाइज 'ओ माई गड'  को तेस्रो संस्करण बन्ने भएको छ । रिपोर्टका अनुसार, फिल्मको तेस्रो संस्करणमा रानी मुखर्जी अक्षय कुमारसँगै मुख्य भूमिकामा देखिने भएका छन् । 

    images
    images
    images

    रिपोर्ट अनुसार, ओ माई गड-३ हाल प्रि-प्रोडक्सनमा छ, र छायांकन मे २०२६ मा सुरु हुने योजना छ । पहिलो र दोस्रो किस्ता जस्तै, यस पटक पनि निर्देशक अमित राय हुनेछन्, जसले अघिल्लो फिल्ममा सामाजिक मुद्दाहरूको शक्तिशाली चित्रणको लागि दर्शक र समीक्षकहरूबाट प्रशंसा कमाएका थिए ।

    images
    images
    images

    यस फिल्मको पटक कथा पहिलेभन्दा ठूलो, बढी संवेदनशील र समसामयिक मुद्दाहरूमा आधारित हुने बताइएको छ । रानी मुखर्जीको इन्ट्रीले फिल्ममा नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ । 

    images
    images
    images

    ओ माई गड फ्रान्चाइजले हिन्दी सिनेमामा एक विशिष्ट स्थान बनाएको छ । पहिलो सिरिजले समाजमा रहेको विश्वास र पाखण्ड बीचको भिन्नताको खोजी गर्दा, दोस्रो सिरिजले सामाजिक विचार र नैतिक मुद्दाहरूमा केन्द्रित थियो । अब, दर्शकहरूले तेस्रो सिरिजबाट उस्तै सोच्न उत्तेजक तर मनोरञ्जनात्मक कथाको अपेक्षा गर्न गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओ माई गड
  • # अक्षय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।