Logo

२०८३, कार्तिक २९गते


images
images

निर्वाचन

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न सकिने

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न सकिने

images
  • बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न सकिने
    images

    काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिएमा उक्त स्थानमा सम्बन्धित दलले अर्को उम्मेदवार थप्न पाउने भएका छन् ।

    images
    images
    images

    आगामी फाल्गुन २१ गतेका लागि निर्धारित चुनावका लागि यही पुस १३ र १४ गते ६४ राजनीतिक दलका तर्फबाट प्राप्त उम्मेदवारीको मनोनयन गरिएकोमा त्यसमाथि रुजु भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

    images
    images
    images

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा कानुनबमोजिम समावेशी समूह मिले नमिलेको रुजु गरेर यही पुस २० गतेभित्र सम्बन्धित दललाई सूचित गर्ने र त्यसपछि दलहरुले सच्याएर यही पुस २७ गतेभित्र पुनः पेस गर्नुपर्नेछ । त्यसरी पेस गरिएको संशोधित सूचीमा परेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गतेका लागि समय दिइनेछ । फिर्ता हुन आवेदन दिइएको उम्मेदवारका बारेमा सम्बन्धित दललाई आयोगले सूचित गर्ने र दलले अर्को उम्मेदवार पठाउन पाउनेछ ।

    images
    images

    दलहरुले बुझाएको अन्तिम बन्दसूची आगामी माघ ४ गते सार्वजनिक गरिनेछ । आम सर्वसाधारणले त्यो सूचीमा रहेका उम्मेदवार कानुनी रुपमा अयोग्य रहेको भनी दाबीविरोध गरेमा छानबिन गरी माघ २० गते अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । माघ २० पछि भने उक्त सूची परिवर्तन हुने छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बन्दसूची
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।