Logo

२०८३, श्रावण ३०गते


images
images

सहकारी

रुपन्देहीमा ब्लड बैंक खोल्ने अन्तिम तयारीमा स्वयंसेवी रक्तदाता सहकारी

रुपन्देहीमा ब्लड बैंक खोल्ने अन्तिम तयारीमा स्वयंसेवी रक्तदाता सहकारी

images
  • रुपन्देहीमा ब्लड बैंक खोल्ने अन्तिम तयारीमा स्वयंसेवी रक्तदाता सहकारी
    images
    images

    बुटवल । स्वयंसेवी रक्तदाता सहकारी संस्था लिमिटेडले रुपन्देहीमा ब्लड बैंक स्थापना गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको जनाएको छ ।

    images
    images
    images

    शनिबार बुटवलमा सम्पन्न तेस्रो वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले एक सय शैयाको अस्पतालसँग सहकार्य गरी ब्लड बैंक सञ्चालन गरिने जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार स्थानीय दुई अस्पतालसँग पत्राचार भइसकेको छ भने सहकारीले क्रिमसन अस्पतालसँग तीन चरणको छलफल गरिसकेको जनाएको छ । स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै सहकारीमार्फत दिगो संरचना निर्माण गर्ने उद्देश्य संस्थाको रहेको चौहानले बताएका छन् ।

    images
    images
    images

    कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाकर खनालले केही खराव प्रवृत्तिका सहकारीका कारण सम्पूर्ण क्षेत्र बदनाम भएपनि स्थानीय शेयर सदस्यबाट स्थापित सहकारीहरु विश्वसनीय हुने बताए ।
    साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष प्रशन्न श्रेष्ठले शेयर वृद्धि गरी पूँजी १० लाख रुपैयाँ पुर्याएको जानकारी दिए ।

    २ सय १६ जना शेयर सदस्य रहेको संस्थाले साधारणसभाको अवसरमा नयाँ शेयर सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।