Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

नगरपालिका भवन बनाउदा भ्रष्टाचार : तत्कालिन मेयरसहित १४ जनाविरुद्ध मुद्धा दायर

नगरपालिका भवन बनाउदा भ्रष्टाचार : तत्कालिन मेयरसहित १४ जनाविरुद्ध मुद्धा दायर

images
  • नगरपालिका भवन बनाउदा भ्रष्टाचार : तत्कालिन मेयरसहित १४ जनाविरुद्ध मुद्धा दायर
    images
    images

    काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाका तत्कालीन नगर प्रमुख दीपक विक्रम शाहसमेत १४ जना र जाग्रिति/एम.के/नेपाल जेभी, धनगढी, कैलालीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाको भवन निर्माण गर्दा त्कालीन नगर प्रमुख दीपक विक्रम शाहसमेत १४ जनासहित ठेकदार कम्पनिले मिलोपतोमा ३ करोड २७ लाख ७८ हजार १७७ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा आइतबार मुद्धा दायर गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    अख्तियारले बुढीगंगा नगरपालिका, बाजुराका तत्कालीन नगर प्रमुख दीपक विक्रम शाह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेम काजी महर्जन, तत्कालीन अधिकृत छैटौं (प्रशासन) नरेन्द्र नाथ, तत्कालीन इन्जिनियर पारस खाती, तत्कालीन सब-इन्जिनियर गणेश राज रेग्मी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत (अधिकृत छैटौ) कल्पना
    कुमारी ठकुल्ला, तत्कालीन लेखापाल नवराज जोशी र खरिदार श्याम बहादुर खत्री, तत्कालीन शिक्षा अधिकृत जयराज न्यौपाने, असिसटेन्ट सबइन्जिनियर भिमराज गिरी, नायब प्राविधिक सहायक (ना.प्रा.स) सिद्धराज जैसी र प्रशासन सहायक बसन्त बहादुर थापा तथा जाग्रिति/एम.के/नेपाल जे.भी., धनगढी, कैलाली तथा जाग्रिति निर्माण सेवाको प्रबन्ध सञ्चालक पुष्कर रोकाया र जाग्रिति/एम.के./नेपाल जे.भी.को आधिकारिक प्रतिनिधि सुरत बहादुर शाह विरुद्ध जनही  ३ करोड २७ लाख ७८ हजार १७७ बिगो माग गर्दै कानुन अनुसार सजायको माग गरेर मुद्धा दायर भएको जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।