Logo

२०८३, श्रावण ३०गते


images
images

महिला टी-२० विश्वकप

महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपाली टिमको घोषणा

महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपाली टिमको घोषणा

images
  • महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपाली टिमको घोषणा
    images
    images

    काठमाडौँ । नेपालमा आयोजना हुने आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपाली राष्ट्रिय टिमको छनौट गरिएको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

    images
    images
    images

    नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनिषा उपाध्याय रहेका छन् ।

    images
    images
    images

    जनवरी १४ देखि फेब्रुअरी १ सम्म आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् । १० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुनेछन् ।

    images
    images
    images

    ग्लोबल क्वालिफायरमा समुह ए मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाबे रहेका छन् भने समुह बी मा बंगलादेश, नामिबिया, नेपाल, नेदरल्याण्डसर पिएनजी रहेका छन् ।

    नेपालले पहिलो खेल थाइल्याण्डविरुद्ध जनवरी १८ मा खेल्ने छ भने दोस्रो खेल जनवरी २२ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ । त्यस्तै नेपालले तेस्रो खेल जनवरी २४ मा जिम्बाबेविरुद्ध र जनवरी २६ मा चौथो खेल स्कटल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ । 

    यस अघि नेपालले आयरल्याण्ड र अमेरिकासँग वार्मअप खेल खेल्ने छ ।  प्रतियोगिताका खेलहरु टियु क्रिकेट मैदान र अपर मुलपानी क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।