Logo

२०८३, कार्तिक २९गते


images
images

पुनर्निर्माण कोष

पुनर्निर्माण कोषमा १३ करोड ३५ लाख मात्र जम्मा

पुनर्निर्माण कोषमा १३ करोड ३५ लाख मात्र जम्मा

images
  • पुनर्निर्माण कोषमा १३ करोड ३५ लाख मात्र जम्मा
    images

    काठमाडौँ । गत भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका लागि बनाइएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा अहिलेसम्म १३ करोड ३५ लाख ६५ हजार रकम जम्मा भएको छ । 

    images
    images
    images

    पछिल्लो पटक सो कोषमा सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडले एक करोड एक लाख सहयोग गरेको छ । सो सहयोग रकम बराबरको चेक सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेशलाल श्रेष्ठले सोमबार अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका छन् । 

    images
    images
    images

    सरकारले गत असोज ८ गते क्षतिको शीघ्र पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापना कार्य प्रभावकारी रुपमा सञ्चालन गर्न नेपाल सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको थियो ।

    images
    images

    प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्र, विकास साझेदार र अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरुलाई सरकारले राष्ट्र पुनर्निर्माण अभियानमा योगदान गर्न आह्वान गर्दै योगदान गरिएको रकम चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन वा खर्च कट्टी गर्न सकिने छुट दिएको थियो । तर कोषमा उत्साहजनक सहभागिता भने देखिएको छैन ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पुनर्निर्माण कोष
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।