Logo

२०८३, श्रावण ३०गते


images
images

१०औं देवदह महोत्सव सुरु, उद्घाटन र्यालीमा २२५ संघसंस्थाको सहभागिता

१०औं देवदह महोत्सव सुरु, उद्घाटन र्यालीमा २२५ संघसंस्थाको सहभागिता

images
  • १०औं देवदह महोत्सव सुरु, उद्घाटन र्यालीमा २२५ संघसंस्थाको सहभागिता
    images
    images

    देवदह । देवदहमा १० औं देवदह महोत्सव सुरु भएको छ । 'राष्ट्रिय स्वाधीनताको लागी राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागी राष्ट्रिय औद्योगिककरण तथा व्यापार विविधकरण' भन्ने मूल नारासहित उद्योग व्यापार संघ देवदहको आयोजना रहेको मेलाको एक कार्यक्रम बिच देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलले बुधवार उद्घाटन गरे । 

    images
    images
    images

    देवदह नगरपालिका, नेपाल उद्योग व्यापार महासंघ काठमाडौ र उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेशको सह-आयोजनामा बुधबारदेखी देवदह-९ स्थित प्रस्तावित मण्डपमा मेला सुरु भएको हो।

    images
    images
    images

    महोत्सवको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले देवदहलाई पर्यटनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने उल्लेख गरे । 'देवदहको समृद्धिको आधार नै पर्यटन हो ।'  नगर प्रमुख खरेलले भने, 'बुद्ध मावली स्थलको रुपमा रहेको देवदहमा रहेका ऐतिहासिक तथा पुरातात्त्विक क्षेत्र रहेको संरक्षण र विकासमा आमदेवदहवासीको सहकार्य आवश्यक छ ।'

    images
    images
    images

    नगर प्रमुख खरेलले मेला-महोत्सवको दुरुपयोग तथा कुनै पनि अनधिकृत गतिविधि हुन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए । उनले महोत्सवमा सुरक्षा चुनौती रहेकाले भिडभाडको उचित व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै सुशासनका लागि सबै एकजुट भएर लाग्नुपर्ने विचार व्यक्त गरे ।

    प्रस्तावित देवदह मण्डपको डिपिआर समेत बनिसकेको उल्लेख गर्दै नगर प्रमुख खरेलले यसको दीर्घकालीन विकासकाका लागी मण्डप स्थल प्रगति सामुदायिक वन र देवदहका व्यवसायीक संघसंस्थाको सहकार्य आवश्यक रहेको  धारणा राखे । 

    devdaha mela.jpeg

    नेपाल उद्योग व्यापार महासंघका महासचिव खेम नारायण पराजुलीले महासंघ २०७९ सालमा स्थापना भई देशभर १७७ वटा शाखामार्फत साना तथा मझौला व्यवसायीको व्यवसाय प्रवर्द्धनमा सक्रिय रहेको बताए । स्वदेशी उत्पादनको प्रवर्द्धनमा मेला-महोत्सवले ठूलो सहयोग पुर्‍याउने उल्लेख गर्दै ‘एक जिल्ला, एक उत्पादन’ अवधारणाअनुसार उत्पादनलाई व्यावसायिक रूपमा प्याकेजिङ तथा बिक्री वितरण गर्न महासंघले पहल गरिरहेको उनको भनाइ छ । 

    कार्यक्रममा पूर्व नगर प्रमुख हिरा बहादुर केसीले देवदहको आफ्नै पहिचान निर्माण गर्न आवश्यक रहेको बताउँदै मेला-महोत्सवमार्फत उद्योगी, व्यवसायी तथा कृषकका उत्पादनलाई प्रोत्साहन दिनुपर्ने धारणा व्यक्त गरे । देवदह पुरातात्त्विक तथा ऐतिहासिक स्थल भएकाले उत्खनन गरी संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए ।

    कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी रुपन्देही जिल्ला संयोजक निर्मल जिसी, नेपाल उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष तारा कुमारी खत्री रोका, उद्योग व्यापार महासंघ रुपन्देहीका अध्यक्ष गोविन्द गैरे, नेकपा एमालेका नगर अध्यक्ष केशव भट्टराई, देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष वासुदेव रिमाल, देवदह व्यापार संघका अध्यक्ष माधव ढकाल र नेपाल पत्रकार महासंघ रुपन्देहीका सहसचिव झविन्द्र देवकोटाले शुभकामना मन्तव्य व्यक्त  गरेका थिए ।

    उद्घाटन र्यालीमा २२५ संघसंस्थाको सहभागिता

    बुधवार उद्घाटन भएको दशौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०८२ मा २२५ वटा संघसंस्थाको सहभागिता रहेको मेलाक र्याली व्यवस्थापन उपसमिति संयोजक केशव बहादुर पुनले जानकारी दिए । शितलनगरको दुर्गा पन्चायान मन्दिर प्रांगणबाट सुरु भएको र्याली देवदह मण्डपसम्म पुगेको थियो । 

    र्यालीमा सहभागी संघसंस्थालाई सबैलाई सम्मान पत्र तथा उत्कृष्ट र्याली र झाँकीलाई नगद सहित पुरस्कृत गर्ने आयोजकले जनाएको छ । 
     
    महोत्सवमा लत्ताकपडा, घरेलु, रेष्टुरेन्ट, संघ संस्था गरी २३० वटा स्टल रहेका छन् । करिब २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवबाट ५ करोड बढी आर्थिक कारोबार हुने लक्ष्य रहेको संस्थाका अध्यक्ष गणेश कुमार खातीले जानकारी दिए ।
     
    मेलामा राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति, डान्सिङ आइडल, सिङ्गिङ आइडल, भजन प्रतियोगिता र विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता समेत आयोजना गरिएको छ।

    महोत्सवको उद्घाटन समारोह संघका अध्यक्ष गणेश गणेश कुमार खातीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष अमृत फुल्लेलको स्वागत, महासचिव धन राज पुवर र सचिव विनिराम सोमईको संचालन तथा उद्योग व्यापार  संघ देवदहका संस्थापक अध्यक्ष गोविन्द ठडराईको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।