Logo

२०८३, आश्विन ९गते


images
images

समाज

‘मेल्भिन जोन्स’ सप्ताहमा लायन्स क्लव देवदहद्धारा विद्यालयलाई पानी टंकी सहयोग

‘मेल्भिन जोन्स’ सप्ताहमा लायन्स क्लव देवदहद्धारा विद्यालयलाई पानी टंकी सहयोग

images
  • ‘मेल्भिन जोन्स’ सप्ताहमा लायन्स क्लव देवदहद्धारा विद्यालयलाई पानी टंकी सहयोग
    images
    images

    देवदह । सामाजिक सेवामा सक्रिय लायन्स क्लव अफ देवदहले १४७औँ ‘मेल्भिन जोन्स’ सप्ताहको अवसरमा विद्यालयमा पानी ट्याङ्की वितरण गरेको छ । 

    images
    images
    images

    लायन्स क्लवका जन्मदाता जोन्सको स्मरणमा सामाजिक उत्तरदायित्व अन्तर्गत देवदह नगरपालिका वडा नं ११ स्थित जनता आधारभूत विद्यालयमा पानी ट्यांकी तथा हात धुने बेसिन वितरण गरेको हो । 

    images
    images
    images

    विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्वास्थ्य जागरण गराउने र सरसफाइप्रति सचेत बनाउने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको क्लवका अध्यक्ष सिर्जना ओलीले जानकारी दिइन् । 

    images
    images
    images

    ‘हस्तान्तरणसँगै विद्यार्थीहरूमा नियमित रूपमा हात धुने बानीको विकास हुने हामीले विश्वास लिएका छौं ।’ अध्यक्ष ओलीले भनिन्, ‘यसले संक्रमणजन्य रोगहरूको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने हामीले अपेक्षा गरेका छौं ।’ 

    विद्यालय परिवारले क्लबले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै यस सहयोगले विद्यालयको शैक्षिक वातावरण तथा विद्यार्थीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेश मल्लाह लायन्स क्वल ३२५ पि का प्रथम उपाध्यक्ष सन्दिप कसौधन लगाएतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन क्लवका सचिव दिपेश अर्यालले गरेका थिए ।  

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लायन्स क्लव देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।