Logo

२०८३, श्रावण ३०गते


images
images

कृषि

देवदह महोत्सवमा साढे तीन मिटरको चिचिन्नो

देवदह महोत्सवमा साढे तीन मिटरको चिचिन्नो

images
  • देवदह महोत्सवमा साढे तीन मिटरको चिचिन्नो
    images
    images

    देवदह । बुधवारदेखि सुरु भएको दशौं देवदह महोत्सवमा कृषि उत्पादन र स्थानीय व्यवसायलाई प्राथमिकता दिइएको जनाइएको छ । महोत्सवका स्टल दर्ता उपसमिति संयोजक अमृत बहादुर फुल्लेलले मेलाको उद्धेश्य नै स्वदेशी उत्पादनको बजारीकरण रहेको बताए । 

    images
    images
    images

    'हामीले स्थानीय व्यवसायीलाई स्टल दर्तामा ८० प्रतिशतसम्म छुट दिएका छौं ।' आयोजक संस्था उद्योग व्यापार संघ देवदहका वरिष्ठ उपाध्यक्षसमेत रहेका फुल्लेलले भने, 'मेलामा स्थानीय कृषकले फलाएका कृषि उपजहरू राखिएको छ । देवदह नगरपालिका कृषि शाखाको संयोजनमा राखिएको कृषि स्टलमा साढे तीन मीटर लम्बाई भएको चिचिन्नोसमेत रहेको छ ।'

    images
    images
    images

    देवदह नगरपालिका कृषि तथा पशु सेवा शाखाले संयोजन गरेको स्टलमा राखिएको चिचिन्नो सुनवलमा उत्पादन भएको लिलामोहन बस्यालले जानकारी दिए । चिचिन्नो झन्डै ४ मिटरको रहेको उल्लेख गर्दै बस्यालले मेहनत गरे नेपालमै सम्भावना रहेको बताए । 

    images
    images
    images

    त्यसैगरी स्टलमा एकबोटमा लटरम्म फलेको सिमिको झाल देख्न सकिन्छ । देवदह-६ सरहनको उक्त सिमिको झालमा पाँच केसी सिमि फलेको बस्यालले बताए ।  महोत्सवका स्टलहरु पहिलो लाइनमै रहेको कृषि स्टलमा सरहनमै फलेको १२ केजीको ओल, तीन केजीको मुला, देवदहका वडा नं १ देखि १२ सम्मका विभिन्न वडाका किसानले फलाएका कृषि उपज सजाएर राखिएको महोत्सवका मूल आयोजक समिति संयोजक गणेश कुमार खातीले बताए । 

    यसैगरी सांस्कृतिक कार्यक्रमतर्फ बिहिवार कलाकारहरु बसन्त लम्साल, लालमाया थापा, विनिता शाही, राजेन्द्र गिरी, विनिता शाही, मीना गिरी, मनोज गोर्खाली, डोर बहादुर खपांगी, विकास भट्टराई र ग्रेट फ्यूचर किड्स मन्टेस्वरीका विद्यार्थीले प्रस्तुति दिएको सांस्कृतिक उपसमिति संयोजक गोविन्द ठडराईले जानकारी दिए ।  

    शुक्रवार गायिका सम्झना भण्डारी, इब्सल सन्ज्याल, गायक विष्णु सिंजाली, गायिका रिता शाही रहने तथा विकास भट्टराई र पारु न्यौपानेको उद्घोषण रहने आयोजकले जनाएको छ ।

    माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ । पछिल्ला वर्षहरूमा सञ्चालन भएका व्यापार मेलाहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारमा उत्पादनको पहुँच र पहिचान विस्तारमा सहयोग पु‍¥याउँदै आएको आयोजकको भनाइ छ ।

    मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, विज्ञान प्रदर्शानी, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, बाल उद्यान, आकर्षक सेल्फी तथा टिकटक जोन लगायतका आकर्षक रहने जनाइएको छ ।

    स्थानीय तथा सांस्कृतिक खानाका होटलसहित २५० वटा स्टल रहने महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोवार हुने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।