Logo

२०८३, आश्विन १०गते


images
images

रोहिणी र ओमसतिया गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

रोहिणी र ओमसतिया गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

images
  • रोहिणी र ओमसतिया गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश
    images
    images

    रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव र ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल) नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले सोमबार रोहिणी गाउँपालिका–३ स्थित धकधईमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

    images
    images
    images

    20220214_163639.jpg
    रोहिणी गाउँपालिकाका अध्यक्ष यादव गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरम, नेपालबाट निर्वाचित भएका थिए । त्यस्तै ओमसतियाका अध्यक्ष राहुल नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए ।

    images
    images
    images


    त्यस्तै ओमसतिया गाउँपालिका उपाध्यक्ष सुन्दरमति कुमारी हरिजन, माओवादी केन्द्र रोहिणीका अध्यक्ष प्रदीप कुमार पाण्डेय, ओमसतियाका अध्यक्ष गोविन्द केवट पनि एमालेमा प्रवेश गरेका छन् । ओमसतिया उपाध्यक्ष हरिजन गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट ओमसतिया उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । 

    images
    images
    images


    उनीहरुलाई एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, सचिव छबिलाल विश्वकर्मा, पोलिटव्युरो सदस्य लिला गिरी, दधिराम न्यौपाने लगायतका नेताले पार्टीमा प्रवेश गराएका हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुपन्देही
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।