देवदह । दशौं देवदह महोत्सवअन्तर्गत सञ्चालन भइरहेको ‘देवदह डान्स आइडल-२०८२’ को अडिसन चरणबाट १५ जना प्रतियोगी छनोट भएका छन् । महोत्सव परिसरमा सम्पन्न अडिसन राउन्डमा विभिन्न उमेर समूहका नृत्य प्रतिभाले आफ्नो प्रस्तुति दिएका थिए ।
अडिसन राउन्डमा नृत्यकला, प्रस्तुति, तालमेल र मौलिकताको आधारमा प्रतिस्पर्धीहरूको मूल्यांकन गरिएको मेलाका सांस्कृतिक संयोजक गोविन्द ठडराइले जानकारी दिए । संयोजक ठडराइका अनुसार प्रतियोगीहरु अलिशा राना, बन्दना थापा, कृति आर्याल, काव्या विश्वकर्मा, मान्सुना खत्री, प्रियाल सुनार, रितिका पौडेल, टिना फौजाली, कृति सुनार, आँसु सुनार, जेनिशा बराल, सिम्रन पाण्डे, उनिश्का गुरुङ, आयुषु बी.के. र झरना सुनार छनौट भएका छन ।
अडिसन राउण्डको निर्णायकको भूमिकामा नृत्यकर्मी विश्व गुरुङ र रोजिना गुरुङ रहेको आयोजकले जनाएको छ । निष्पक्ष र व्यावसायिक ढंगले प्रतियोगीहरूको मूल्यांकन गरिएको निर्णायक संयोजक विश्व गुरुङले बताए ।
छनोटमा परेका १५ जना प्रतियोगी अब देवदह डान्स आइडल-२०८२ को आगामी चरणमा प्रतिस्पर्धा गर्नेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology