Logo

२०८३, श्रावण ३०गते


images
images

काँग्रेस महाधिवेशन

काँग्रेस विशेष महाधिवेशन : नेतृत्व परिवर्तन होला ?

काँग्रेस विशेष महाधिवेशन : नेतृत्व परिवर्तन होला ?

images
  • काँग्रेस विशेष महाधिवेशन : नेतृत्व परिवर्तन होला ?
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनको तयारी तिब्र गतिमा भइरहेको छ । पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुने विशेषमहाधिवेशनको तयारी अन्तरिम चरणमा पुगिरहेका बेला संस्थापन पक्षले महाधिवेशन प्रतिनिधिहरुलाई सहभागी हुन नदिने प्रयास गरिरहेको छ । संस्थापन पक्षले पनि २७ गते युवा भेला र २८ गते जिल्ला सभापति भेला राखेकाले नेता कार्यकर्तालाई काठमाडौँ आउन भने अलिकति सहज भएको छ ।

    images
    images
    images

    दुई महामन्त्रीसहित केहि केन्द्रीय स्तरका नेता विशेष महाधिवेशनको पक्षमा खुलेर देखिएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आव्हानलाई नेताहरु चन्द्र भण्डारी र डा. सुनिल शर्माले समर्थन गरेका छन् । त्यस्तै नेता महेश आचार्यले पनि विशेष महाधिवेशन अपरिहार्य भन्दै आफ्नो धारणा सार्बजनिक गरेका छन् ।

    images
    images
    images

    यस बाहेक करिब तीन दर्जन जिल्ला कार्यसमितिले पनि विशेष महाधिवेशनको पक्षमा ऐक्यवद्धता जाहेर गर्दै सहभागी हुने बताएका छन् । त्यस्तै मधेश प्रदेश र लुम्बिनी प्रदेश कार्य समितिले पनि विशेष महाधिवेशनको पक्षमा रहेको स्पष्ट गरेको छ ।

    images
    images
    images

    अहिले विशेष महाधिवेशन पक्षधर र यसका विपक्षमा रहेकाहरु महाधिवेशन प्रतिनिधि तानातान गरिरहेको देखिएको छ । संस्थापन पक्षलाई विशेष महाधिवेशनको पक्षमा बहुमत महाधिवेशन प्रतिनिधि भएमा त्यसको कानुनी मान्यता के हुन्छ भन्ने डर रहेको छ ।

    यता विशेष महाधिवेशन पक्षधर पनि बहुमत महाधिवेशन प्रतिनिधि सहभागी नभएमा नेतृत्व चयन लगायतका विषय के गर्ने भन्ने विषयमा अझै स्पष्ट नभएको पाइएको छ । खासगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि अहिले नै विशेष महाधिवेशनले नेतृत्व चयन गर्छ भनेर भन्न सकिरहेका छैनन् । विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएमा मात्र उनीहरु नेतृत्व परिवर्तनको बाटोमा जाने बुझिएको छ ।

    पछि कानुनी प्रक्रियामा जानुपर्ने अवस्था आएमा पनि बहुमत महाधिवेशन प्रतिनिधि आवश्यक रहेमा त्यसलाई निर्वाचन आयोग वा अदालतले नजर अन्दाज गर्न नमिल्ने हुनाले गगन र विश्वप्रकाशले विशेष महाधिवेशनमा कस्तो कदम जाल्छन भन्ने कति महाधिवेशन प्रतिनिधि सहभागी हुन्छन् भन्नेमै भरपर्ने दखिएको छ । ५० प्रतिशत भन्दा कम महाधिवेशन प्रतिनिधि सहभागी भएमा विशेष महाधिवेशनलाई संकल्प सभाको रुपमा परिणत गर्ने र प्रस्तावहरु पारित गरेर अन्त्य गर्ने, बहुमत प्रतिनिधि सहभागी भएमा नेतृत्व चयनको प्रक्रियामा जाने तयारीमा दुवै महामन्त्री रहेको देखिन्छ ।

    महामन्त्री शर्मा सकेसम्म नेतृत्व परिवर्तनसम्म नपुग्ने पक्षमा रहेको बताइन्छ तर उनले स्पष्ट रुपमा केहि भनेका छैनन् । शुक्रबार महाधिवेशन स्थलमा मिडियासँग कुरा गर्दै उनले विशेष महाधिवेशनले के गर्छ भन्ने हलले नै कार्यविधि बनाएर तय गर्ने बताए । तर अर्का महामन्त्री थापा भने अब नेतृत्व चयन गरेरै अगाडी बढ्नु पर्नेमा स्पष्ट रहेको बताइएको छ ।

    शुक्रबार साँझसम्मको माहोल हेर्दा काँग्रेसको विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधि सहभागी हुने संकेत देखिएको छ । यसले संस्थापना पक्षलाई दबाब बढाएको छ ।

    खासगरी मिडिया र सामाजिक सञ्जालमा सभापति शेरबहादुर देउवासहितका संस्थापन पक्षका नेताहरुलाई जेनजी आन्दोलनको मर्म नबुझेको, पार्टीका बहुसंख्यक नेता कार्यकर्ताको भावना नबुझेको, देशमा यति ठुलो उथलपुथलपछि पनि केहि नभएजस्तो पुरानै ढर्रामा पार्टी चलाउन खोजेको आरोप नेता कार्यकर्ताले लगाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।