Logo

२०८३, कार्तिक २९गते


images
images

समाचार

अन्नपूर्ण केवकारमा आपतकालिन रेस्क्यू उद्धार अभ्यास सम्पन्न

अन्नपूर्ण केवकारमा आपतकालिन रेस्क्यू उद्धार अभ्यास सम्पन्न

images
  • अन्नपूर्ण केवकारमा आपतकालिन रेस्क्यू उद्धार अभ्यास सम्पन्न
    images

    पोखरा ।  कास्कीको पोखरा महानगरपालिका-१८ साराङककोटस्थित सिमतालमा केवुलकार आपतकालिन रेस्क्यु उद्धार अभ्यास गरिएको छ ।

    images
    images
    images

    सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्की र अन्नपूर्ण केवकार प्रालि लिमिटेडको सहकार्यमा केबलकार आपतकालिन उद्धार अभ्यास गरिएको हो ।

    images
    images
    images

    केवलकार संचालनको क्रममा आईपर्नसक्ने सम्भावित आपतकालीन अवस्थाहरुमा यात्रुहरुको जीवन तथा सुरक्षालाई प्राथमिकतामा राखी कसरी सुरक्षित, छिटो र प्रभावकारी उद्धार गर्न सकिन्छ भन्ने अभिप्रायकासाथ सो उद्धार अभ्यास संचालन गरिएको हो ।

    images
    images

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो अभ्यास कार्यक्रममा मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ्ग, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न संघसंस्थाका पदाधिकारी, स्थानीय भद्रभलाद्मी तथा संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अन्नपूर्ण केवकार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।