Logo

२०८३, श्रावण ३०गते


images
images

कांग्रेस महाधिवेशन

सभापति देउवासहित पदाधिकारीलाई विशेष महाधिवेशनको निमन्त्रणा

सभापति देउवासहित पदाधिकारीलाई विशेष महाधिवेशनको निमन्त्रणा

images
  • सभापति देउवासहित पदाधिकारीलाई विशेष महाधिवेशनको निमन्त्रणा
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरूलाई निमन्त्रणा पठाएका छन् । 

    images
    images
    images

    विशेष महाधिवेशनको तयारी बारे जानकारी दिदै सभापति देउवासहित पदाधिकारीहरुलाई निमन्त्रणा दिइएको नेता सुवास पोखरेलले जानकारी दिएका छन् । विशेष महाधिवेशनको तयारीको काम पूरा भएको पनि सचिवालयले जनाएको छ । 

    images
    images
    images

    यसैबीच संस्थापन पक्षका वरिष्ठ नेता गोपालमान श्रेष्ठले आफु विशेष महाधिवेशनमा सहभागी हुने बताएका छन् । त्यसैगरी पार्टी एकताको पक्षमा वकालत गरिरहेका नेताहरू डा. चन्द्र भण्डारी, डा. सुनिल शर्मालगायतका नेताहरूले पनि विशेष महाधिवेशनमा सहभागी हुने जानकारी गराएको पोखरेलले बताएका छन् ।

    images
    images
    images

    काँग्रेसका पाँच प्रदेश सभापति र ४७ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा खुले पनि ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनमा सहभागी हुने आयोजकले दाबि गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।