Logo

२०८३, श्रावण ३०गते


images
images

काँग्रेस महाधिवेशन

संस्थापन पक्षको विरोधका बिच काँग्रेसको विशेष महाधिवेशन आजदेखि

संस्थापन पक्षको विरोधका बिच काँग्रेसको विशेष महाधिवेशन आजदेखि

images
  • संस्थापन पक्षको विरोधका बिच काँग्रेसको विशेष महाधिवेशन आजदेखि
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज शुरु हुदैछ ।

    images
    images
    images

    काठमाडौँको भृकुटीमण्डपमा आज र भोली आयोजना हुने विशेष महाधिवेशनमा काँग्रेसको संस्थापन पक्ष भने सहभागी भएको छैन । विशेष महाधिवेशन आज दिउसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

    images
    images
    images

    विशेष महाधिवेशन उद्घाटन हुनुअघि विभिन्न पाँच रुटबाट जुलुस आउने जनपरिचालन समितिले जानकारी दिएको छ । जसअनुसार विभिन्न जिल्लाका प्रतिनिधिहरु सुन्धारा, रत्नपार्क, शंकरदेव क्याम्पस, कमल पोखरी र कुपण्डोलमा बिहान ११ बजे भेला भएर जुलुससहित भृकुटीमण्डप जाने बताइएको छ ।    

    images
    images
    images

    विशेष महाधिवेशन पक्षधरले संस्थापन पक्षले आफ्नो प्रस्तावको बेवास्ता गरेपछि विशेष महाधिवेशनको आयोजना गरेको बताएका छन् । आजदेखि शुरु हुने विशेष महाधिवेशनमा कुन कुन केन्द्रीय नेताहरु सहभागी हुन्छन् भन्ने सबैको चासो रहेको छ ।

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएमा नेतृत्व परिवर्तन गर्ने र नभएमा नीतिगत निर्णय गरेर विशेष महाधिवेशन सम्पन्न गर्ने रणनीतिमा रहेका छन् ।

    अहिलेसम्म संस्थापन पक्षका वरिष्ठ नेता गोपालमान श्रेष्ठले आफु विशेष महाधिवेशनमा सहभागी हुने बताएका छन् भने पार्टी एकताको पक्षमा वकालत गरिरहेका नेताहरू डा. चन्द्र भण्डारी, डा. सुनिल शर्मालगायतका नेताहरूले पनि विशेष महाधिवेशनमा सहभागी हुने जानकारी गराएको आयोजकले जनाएका छन् ।

    काँग्रेसका पाँच प्रदेश सभापति र ४७ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा खुले पनि ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनमा सहभागी हुने आयोजकले दाबि गरेका छन् । काँग्रेसका कुल ४ हजार ७३४ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

    बहुमत महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्वको चयन गरेमा पनि काँग्रेसको विवाद कानुनी झमेलामा पर्ने अनुमान गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।