Logo

२०८३, कार्तिक २९गते


images
images

काँग्रेस महाधिवशेन

काँग्रेस विशेष महाधिवशेन : प्रतिनिधिको दर्ता शुरु, ६ स्थानबाट जुलुस भृकुटीमण्डप पुग्ने

काँग्रेस विशेष महाधिवशेन : प्रतिनिधिको दर्ता शुरु, ६ स्थानबाट जुलुस भृकुटीमण्डप पुग्ने

images
  • काँग्रेस विशेष महाधिवशेन : प्रतिनिधिको दर्ता शुरु, ६ स्थानबाट जुलुस भृकुटीमण्डप पुग्ने
    images

    काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवशेन आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरू हुँदैछ । विशेष महाधिवेशनका लागि सबै तयारी शुरु भएको र विहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरुले आफ्नो नाम दर्ता गराउन शुरु गरिसकेका छन् ।

    images
    images
    images

    महाधिवेशनमा सहभागी हुन आउने महाधिवेशन प्रतिनिधिहरुले आफ्नो नाम दर्ताका लागि भृकुटीमण्डपको गेटमै व्यवस्था गरिएको छ । नाम दर्ता गर्न आउँदा परिचय खुल्ने परिचय पत्र, एक प्रति फोटो र एक हजार रूपैयाँ दर्ता शुल्क लाग्ने व्यवस्था गरिएको छ । 

    images
    images
    images

     विशेष महाधिवेशनको उद्घाटन समारोह १ बजेदेखि शुरु हुदैछ ।  त्यसअघि बिहान ११ बजे विभिन्न ६ स्थानबाट जुलुससहितका नेता कार्यकर्ता भृकुटीमण्डपमा पुग्ने विशेष महाधिवेशन जनपरिचालन समितिले जानकारी दिएको छ ।  

    images
    images

    जस अनुसार काठमाडौँका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट जुलुस भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ भने ललितपुरको कुपण्डोलबाट अर्को जुलुस झाँकीसहित भृकुटीमण्डपमा आउने बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काँग्रेस महाधिवशेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।