Logo

२०८३, आश्विन ९गते


images
images

रजत जयन्ती

२५औं वसन्त पार गरेको अन्नपूर्णले रजत जयन्ती मनाउँदै

२५औं वसन्त पार गरेको अन्नपूर्णले रजत जयन्ती मनाउँदै

images
  • २५औं वसन्त पार गरेको अन्नपूर्णले रजत जयन्ती मनाउँदै
    images
    images

    देवदह । अन्नपूर्ण इङ्गलिस सेकेन्डरी स्कुल सुनवल-७, ले रजत जयन्ती मनाउने भएको छ । २०५७ सालमा स्थापना भएको विद्यालयले २५ वर्ष पुरा गरि २६ वर्ष प्रवेश गरेको अवसरमा रजत जयन्ती मनाउन लागेको हो । 

    images
    images
    images

    रजत जयन्ती समारोहका कार्यक्रमबारे जानकारी दिन आइतवार विद्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रिन्सिपल नेत्र रिजालले २५ वर्षदेखि गुणस्तरिय शिक्षा, अनुशासन नैतिक मुल्य र सामाजिक उत्तरदायित्वलाई विद्यालयले बहन गरिरहेको बताए । 

    images
    images
    images

    विद्यालयले माघ २ गते रजत जयन्ती समारोहको समुद्घाटन गर्ने जनाएको छ । समुद्घाटनसँगै सप्ताहव्यापी कार्यक्रमहरु तय गरिएको बताउँदै प्रिन्सिपल रिजालले शिक्षक अभिभावक र विद्यार्थी सम्मिलित प्रभातफेरी तथा विद्यार्थी स्पोर्टस् मिट कार्यक्रम गर्ने जानकारी दिए । 

    images
    images
    images

    यसैगरी माघ ४ गते अभिभावक स्पोर्टस मिट तथा फुड फेस्टिवल, माघ ५ गते निशुल्क स्वास्थ्य परिक्षण सहितको स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन हुनेछन् । माघ ५ गते रक्तदान कार्यक्रम, अभिभावक प्रशिक्षण कार्यक्रम, पूर्व विद्यार्थी, शिक्षक र कर्मचारी सम्मान कार्यक्रम तय भएका छन् । 

    माघ ७ गते रजत जयन्ती समारोहलाई समापन गर्ने योजना बनाएको विद्यालयले उक्त अवसरमा सामाजिक तथा विद्यालय सञ्चालनमा योगदान पुर्याउने र विभिन्न क्षेत्रमा आवद्ध रहि विद्यालयको सर्वाङ्गीण विकासमा योगदान पुर्याउनेहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको प्रिन्सिपल रिजालले जानकारी दिए । 

    कार्यक्रममा बोल्दै सुनवल–७ का वडा अध्यक्ष नारायण आचार्यले २५ वर्षको पाको युवाअवस्थामा रहेको विद्यालयले सुनवलको दक्षिण पश्चिम भेगको अग्रणी शैक्षिक संस्थाको भुमिका निर्वाह गरेको बताए । विद्यालयले अतिरिक्त क्रियाकलापमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाएर सफलता समेत प्राप्त गरेको बताउँदै उनले युवा टिमको लगनशितलाले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल हुन सम्भव भएको उल्लेख गरे ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा रजत जयन्ती मुल समारोह समितिका संयोजक भिमदेव ढकालको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, देवदह आदर्श बहुमुखि क्याम्पसका पूर्व प्राचार्य मित्रलाल न्यौपाने लगाएतको उपस्थिति रहेको थियो ।  

    कक्षा १० सम्म अध्ययन अध्यापन हुने अन्नपूर्णमा हाल ६७४ जना विद्यार्थी अध्ययनरत छन् । ३९ जना शिक्षक सहित ५३ जना शिक्षक÷कर्मचारी कार्यरत विद्यालयले २०६८ सालदेखी एसएलसी (हालको एसईई) मा सहभागिता जनाउन थालेको हो । विद्यालयबाट हालसम्म ७ सय बढि विद्यार्थी एसईई उत्तिण गर्न सफल भएको जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।