दाङ । लुम्बिनी प्रदेशका मुख्मन्त्री कुलप्रसाद केसीले प्रदेश सरकार विभिन्न चुनौती पन्छाउँदै ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश निर्माणको संकल्प पूरागर्न प्रतिबद्ध रहेको बताएका छन् । यसका लागि हामी सबैको दृढ प्रतिबद्धता, इमान्दार प्रयास र मिहिनेतको आवश्यकता छ । प्रदेश स्थापना दिवसले हामीलाई यो लक्ष्य पूरा गर्न थप प्रेरणा दिने विश्वास छ, उनले भनेका छन् ।
मंगलवार लुम्बिनी प्रदेशेको राजधानी राप्ती उपत्यका देउखुरीको राप्ती गाउँपालिका स्थित आन्तरिक मामिला तथा संचार मन्त्रालयले आयोजना गरेको चौथो प्रदेश स्थापना दिवसको कार्यक्रमलाई स्मबोधन गर्दै, मुख्यमन्त्री केसीले जनतालाई व्यवस्था परिवर्तन भएको अनुभूति दिनका लागि जनताको अवस्था बदल्नुपर्ने र तदनुरुपका योजना तथा कार्यक्रम बनाउनुपर्ने र त्यसको लागी कुनै कमी आउन नदिने बताए ।
लुम्बिनीको समृद्धि हाम्रो एकमात्र लक्ष्य हो, मुख्यमन्त्री केसीले भने, लुम्बिनी प्रदेशको विकासमा हाम्रो सामूहिक पहल अघि बढेको छ ।’ मुख्यमन्त्री केसीले प्रदेश सरकार इमान्दारिताका साथ लागिपरेको र प्रदेशको आफ्नो नीति अनुसार केन्द्रित भएको विचार व्यक्त गरे । उनले भने, - ‘संघीयता हाम्रो लागि नयाँ अभ्यास हो । यस क्रममा सीमित स्रोत र साधनबीच आरम्भ भएको हाम्रो यात्रा केही अगाडि बढेको छ । वर्तमान संविधानले हाम्रो बाटो र गन्तव्य प्रस्ट पारेको छ । विकास र समृद्धि नै अहिले हाम्रो प्रमुख कार्यभार बनेको छ ।’
प्रदेशबासीको लागि उपलब्धी मुलकको बर्ष
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) ले लुम्बिनी प्रदेशलाई समृद्ध बनाउको लागि जनताले अधिकतम प्रयास गरेको बताए । त्यसका लागि करिव चारवर्ष उपलब्धीको वर्ष भएको बताए ।
उनले लुम्बिनी प्रदेश सरकारको तीनवर्ष राजनीतिक हिसावल एकल जस्तो भएपनि पछिल्लो एकवर्ष नयाँ राजनीतिक सहकार्यतामा सरकार निर्माण भएकोले गठबन्धीय राजनीतिले अझै जनतालाई घरधुरीमा सेवा प्रदान गर्नका लागि अगाडि बढेको उल्लेख गरे । उनले लुम्बिनी प्रदेश सरकारले प्रदेशबासी जनताको गास, बास, कपास, शिक्षा स्वास्थ्य लगायत सबैपक्षको सुधारका गर्नका लागि निरन्तर प्रतिवद्ध रहेको बताए ।
शिक्षामा लुम्बिनी विश्वविद्यालय, स्वास्थ्यमा लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती अस्पताल, पर्यटकीय क्षेत्र, शैक्षिक क्षेत्रमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम, सडक, पुल लगायतय सबैलाई अगाडि बढाईएको उनको भनाइ छ । उनले गौतम बुद्धको जन्म र परिवर्तनको लागि उर्वर भूमि लुम्बिनी प्रदेश जनतालाई अनुभूती हुने गरी अगाडि बढाएको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology