Logo

२०८३, श्रावण ३०गते


images
images

काँग्रेस महाधिवेशन

काँग्रेस विशेष महाधिवेशन : ८८ बर्षिय महाधिवेशन प्रतिनिधि खड्काले बन्दसत्रको अध्यक्षता गर्ने

काँग्रेस विशेष महाधिवेशन : ८८ बर्षिय महाधिवेशन प्रतिनिधि खड्काले बन्दसत्रको अध्यक्षता गर्ने

images
  • काँग्रेस विशेष महाधिवेशन : ८८ बर्षिय महाधिवेशन प्रतिनिधि खड्काले बन्दसत्रको अध्यक्षता गर्ने
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनको बन्दसत्रको अध्यक्षता जेष्ठ सदस्य ८८ बर्षिय महाधिवेशन प्रतिनिधि श्याम कुमार खड्काले गर्ने भएका छन् ।

    images
    images
    images

    खड्का काठमाडौँ क्षेत्र नम्बर ८ का महाधिवेशन प्रतिनिधि भएको प्रचार प्रसार समितिका संयोजक सुबास पोखरेलले जानकारी दिए ।

    images
    images
    images

    त्यस्तै पोखरेलले किशोर दत्त बराल कास्कीको सभापतिले कार्यक्रम संचालन गर्ने र  नारायण भट्टराई कालिकोटको महाधिवेशन प्रतिनिधिले कार्यविधि पढेर सुनाउने र ध्वनि मतले कार्यविधि पारित हुने बताएका छन् । 

    images
    images
    images

    त्यस्तै बन्दसत्रमा त्यसपछि महामन्त्रीहरुका २ वटा प्रस्ताव पेश गर्ने छन् । जसमा समसामयिक राजनीतिको समिक्षा, राजनीति र पार्टीको नीति, विधान सम्शोधन र विधानमा संरचनागत सुधारलगायतका विषय रहेका छन् । त्यसपछि खाना पछि महाधिवेशन प्रतिनिधिहरुलाई ९ समुहमा विभाजन गरेर छलफल पछि समुह नेताले १० मिनेट समुहको निष्कर्ष बन्दसत्रमा राख्ने भएका छन् । 

    महाधिवेशन प्रतिनिधिले आयोजना गरेको विशेष महाधिवेशन भएकाले कार्यविधि हलले नै गर्ने र सोहि अनुसार बन्दसत्र संचालन हुने पोखरेलले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।