देवदह । केरवानी विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रामकृष्ण पौडेल चयन भएका छन् । निर्वाचनमा गठबन्धन प्यानल विजयी भएपछि पौडेललाई सदस्यमा मनोनीत गरि अध्यक्ष बनाईएको हो । 
त्यसैगरी महिला सदस्यमा सुशिला भट्टराईलाई मनोनीत गरिएको छ । शिक्षा ऐन २०२८ को दफा १२ को उपदफा ग बमोजिम स्थानीय बुद्धिजिवी र शिक्षाप्रेमीमध्येबाट विद्यालय व्यवस्थापन समितिले मनोनीत गरेको एकजना महिला सहित दुर्ईजना सदस्यमा पौडेल र भट्टराई मनोनीत भएका हुन् ।
यसअघि विद्यालय व्यवस्थापन समितिको सदस्य भैसकेका पौडेलले आफुले प्रतिबद्धता अनुसार काम गर्ने बताए । सेतोमसीसंग कुरा गर्दै पौडेलले आफ्नो कार्यकाल केरवानी माविको इतिहासमा कोशेढुंगा हुने बताउँदै गुणस्तरीय शिक्षाका लागि अभिभावकलाई सम्मान र शिक्षक कर्मचारीलाई प्रोत्साहन गरि केरवानी माविलाई साच्चिकै नमुना विद्यालय बनाउन आफू आजैबाट लाग्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology