Logo

२०८३, श्रावण ३०गते


images
images

शिक्षा

केरवानी माविमा एनसिसि ५२औं व्याच जुनियर डिभिजन तालिम शुरु

केरवानी माविमा एनसिसि ५२औं व्याच जुनियर डिभिजन तालिम शुरु

images
  • केरवानी माविमा एनसिसि ५२औं व्याच जुनियर डिभिजन तालिम शुरु
    images
    images

    देवदह । केरवानी माध्यमिक विद्यालय देवदह-५, मा ५२औं व्याच जुनियर डिभिजन तालिम शुरु भएको छ । नेपाली सेना राष्ट्रिय सेवा दल (एनसिसि) द्धारा सञ्चालित सय दिने ५२औं व्याच जुनियर डिभिजन तालिम शुरु भएको हो । तालिमको एक कार्यक्रमका वीच देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग र नेपाली सेना तारागण बुटवलका सेनानी झविन्द्र चौधरीले संयुक्त रुपमा उद्घाटन गरे । 

    images
    images
    images

    सय दिन हुने ५२औं व्याच जुनियर डिभिजन तालिममा केरवानी माध्यमिक विद्यालयका १५ जना छात्र र १५ छात्राको सहभागिता रहेको छ । ५२औं व्याच जुनियर डिभिजन तालिम अन्र्तगत ७९ दिन विद्यालयमा र २१ दिन नवलपरासीको हात्तिखोर नेपाली सेनाको व्यारेकमा हुने जनाइएको छ । 

    images
    images
    images

    तालिम सुरुवातको अवसरमा बोल्दै उपप्रमुख गुरुङ्गले कार्यक्रमले विद्यार्थीलाई नैतिकवान र अनुशासित बनाउने बताइन् । उनले तालिमले विद्यार्थीलाई मानवीय र सामाजिक सेवामा समर्पित हुन सिकाउने बताउँदै तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उर्तान आवश्यक रहेकोमा जोड दिइन् । 

    images
    images
    images

    सोही अवसरमा बोल्दै सेनानी चौधरीले अहिलेसम्म देशभर ९० हजार विद्यार्थीलाई तालिम दिईसकेको जानकारी दिए । उनले तालिमले असल नागरिक बनाउनमा महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिए । 

    केरवानी माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य तथा देवदह-५, का वडाअध्यक्ष गणेश डुम्रेको अध्यक्षता, कार्यवहाक प्रधानाध्यापक कमल ज्ञवालीको स्वागत र खेमानन्द ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा शिक्षक प्रतिनिधि यज्ञप्रसाद न्यौपाने लगायतले आ-आफना भनाई राखेका थिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केरवानी मावि
  • # एनसिसि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।