Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षा

केरवानी माविलाई एभरेष्ट बैंकको सहयोग

केरवानी माविलाई एभरेष्ट बैंकको सहयोग

images
  • केरवानी माविलाई एभरेष्ट बैंकको सहयोग
    images
    images

    देवदह । एभरेष्ट बैंकले देवदहको केरवानी माविलाई १२ लाख रुपैंया बराबर डेस्क बेञ्च सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेश खालिङले मंगलबार एक कार्यक्रमका बिच विद्यालयलाई उक्त मुल्य बराबरको ९६ थान डेक्स बेञ्च सहयोग स्वरुप हस्तान्तरण गरेका हुन् ।

    images
    images
    images

    सोहि क्रममा बोल्दै खालिङले बैंकले शिक्षा क्षेत्रको विकासको लागि खर्च गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘बैंकमा सहयोग कोषमा भएको थोरै थोरै रकम जम्मा गरेर विद्यालयलाई प्रदान गरेका छौं, त्यो पनि बिद्यालयमा के कुराको जरुरत छ सोधेरे विद्यालयकै सुझाव अनुरुप हामिले यो सामग्रि गरेका हौं ।’ 

    images
    images
    images

    उनले भने, ‘हामीले विशेष गरेर छात्रा हरुका लागि शौचालयहरु प्रदान गर्ने गरेका थियौं, पहाडदेखि सुदुर पश्चिमको कर्णालीसम्म सामुदायिक बिद्यालयमा हामीले सहयोग गरेका छौ ।’

    images
    images
    images

    नगर प्रवक्ता तथा वडा नं ५ का अध्यक्ष गणेश डुम्रेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयलाई सहयोग गर्ने बैंकलाई धन्यवाद व्यक्त गरे । उनले शिक्षामा वित्त क्षेत्रबाट भएको सहयोगको प्रशंसा समेत गरे ।

    कार्यक्रममा बैंकका लुम्बिनी प्रदेश प्रमुख निरञ्जन कार्की, बजार ब्यवस्थापन प्रमुख अञ्जु पौडेल, खैरेनी शाखा प्रमुख गिरिराज खनाल, बुटवल शाखा प्रमुख  प्रभात रमन उप्रेती लगाएतको उपस्थिति रहेको थियो ।  

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र पाण्डेको अध्यक्षता प्रधानाध्यापक निर्मल ढ्ङ्गानाको स्वागत र शिक्षक यज्ञ प्रसाद न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको हो ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केरवानी मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।