Logo

२०८३, श्रावण ३०गते


images
images

केरवानी माविका विद्यार्थीलाई मानसिक रोग तथा आत्महत्या न्युनीकरण सम्बन्धि प्रशिक्षण

केरवानी माविका विद्यार्थीलाई मानसिक रोग तथा आत्महत्या न्युनीकरण सम्बन्धि प्रशिक्षण

images
  • केरवानी माविका विद्यार्थीलाई मानसिक रोग तथा आत्महत्या न्युनीकरण सम्बन्धि प्रशिक्षण
    images
    images

    देवदह । युवा सरोकार महासंघ रूपन्देही जिल्ला कार्यसमितिको आयोजना र देवदह नगरपालिकाको सहयोगमा केरवानी माध्यमिक विद्यालयमा मानसिक रोग न्युनीकरण र सकारात्मक सोचको विकास सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    विद्यालयका प्रधानाध्यापक निर्मल ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा १० तथा ९ का विद्यार्थीलाई सकारात्मक सोचको विकास, मानसिक रोग र यसका कारण तथा आत्महत्या सम्बन्धित विषयमा प्रशिक्षक सन्तोष भुषालले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।

    images
    images
    images

    कार्यक्रममा जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंले विद्यार्थीलाई पठनपाठनका अतिरिक्त यस्ता कार्यक्रमले उनीहरूमा सकारात्मक सोचको विकास हुने र जीवनमा सफलता प्राप्त गर्न सहयोग गर्ने बताए । देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङले मानव जीवनलाई सुन्दर बनाउन मानसिक स्वास्थ्यको विकासमा विद्यार्थीलाई शिक्षक, अभिभावक तथा समाजले विशेष ध्यान पुर्‍याउन जरुरी रहेको बताइन् ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह प्रहरी चौकी प्रमुख भीमसेन विष्टले नकारात्मक सोचाइको विकासले पठनपाठन तथा जीवनमा अपराधिक क्रियाकलापतर्फ अग्रसर हुने भएकाले यसबाट जोगाउन प्रत्येक बालबालिकालाई सकारात्मक सोचको अभ्यास गराउन जरुरी रहेको बताए ।

    विद्यालयको सभाहलमा भएको प्रशिक्षणात्क कार्यक्रममा नगर प्रवक्ता गणेश डुम्रे, विद्यालयका सहायक प्र.अ खेमानन्द ज्ञवाली, सहायक प्र.अ कमल ज्ञवाली शिक्षक हिरण्यलाल लम्साल, परशुराम न्यौपाने १६० जना विद्यार्थी सहभागी थिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केरवानी मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।