Logo

२०८३, श्रावण ३०गते


images
images

काँग्रेस महाधिवेशन

काँग्रेसको विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अग्रसर : देउवा र कोइराला छलफलमा

काँग्रेसको विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अग्रसर : देउवा र कोइराला छलफलमा

images
  • काँग्रेसको विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अग्रसर : देउवा र कोइराला छलफलमा
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अगाडी बढेपछि संस्थापन पक्षमा हलचल मच्चिएको छ ।

    images
    images
    images

    सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित आफु पक्षका नेताहरुसँग समेत छलफल गरेका छन् । सभापति देउवाले पार्टी एकताको आव्हान गर्न अपिल गर्न निर्देशन दिएको बताइएको छ । त्यस्तै अर्का नेता डा. शेखर कोइरालाले पार्टी एकताको लागि पहल गरिरहेको बताएका छन् भने नेतृत्व चयन नगर्न दुई महामन्त्रीले लिखित प्रतिबद्धता जनाए विशेष महाधिवेशनमा जाने आफु निकट नेताहरुसँग बताएका छन् । उनले सभापति देउवा र महामन्त्रीहरुसँग छलफल गर्ने बताएका छन् ।

    images
    images
    images

    तर विशेष महाधिवेशनको जारी बन्द सत्रले शुरुमै वर्तमान केन्द्रीय कार्य समिति विघटन गर्दै नयाँ कार्यसमिति निर्वाचन गर्ने कार्यविधि पारित गरेसँगै विशेष महाधिवेशन नेतृत्व परिवर्तनको बाटोमा अघि बढेको छ ।

    images
    images
    images

    विशेष महाधिवेनले पारित गरेको कार्यविधिमा चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको पदावधि समाप्त भइसकेकाले केन्द्रीय कार्यसमिति विघटन गर्ने र १५औं महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने उल्लेख छ ।

    बन्दसत्रमा दुवै महामन्त्रीले आ-आफ्नो प्रतिवेदन पेश गरेर पार्टीको विधान र संचालनमा व्यापक सुधारको प्रस्ताव गरेका छन् । अब महाधिवेशन प्रतिनिधिहरुलाई ९ समुहमा विभाजन गरेर ति प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने कार्यतालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।