Logo

२०८३, आश्विन १०गते


images
images

बर्दघाटको बुद्धमंगल ताल विचमा निर्मित बुद्ध मुर्तिको अनावरण

बर्दघाटको बुद्धमंगल ताल विचमा निर्मित बुद्ध मुर्तिको अनावरण

images
  • बर्दघाटको बुद्धमंगल ताल विचमा निर्मित बुद्ध मुर्तिको अनावरण
    images
    images

    नवलपरासी ।  पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वार्ड नं. –१२ दबिल्ला  स्थित ऐतिहासिक एवं बुद्धकालीन पुरातात्विक महत्वको बुद्धमंगल तालमा निर्माण गरिऐको ठूलो बुद्धमूर्तिको बुधबार एक कार्यक्रमका बिच  मुर्ती अनावरण  एवं उक्त क्षेत्रलाई प्राचीन बुद्धकालिन हलिदबसन नगर घोषणा  गरिएको छ । 

    images
    images
    images


    बर्दघाट नगरपालिका नगर प्रमुख धिरज शर्मा बस्यालको अध्यक्षता एवं लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र कुमार  अधिकारीको प्रमुख आतिथ्यता तथा भिक्षु त्रिलोक स्तबिरको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले प्रदेशको आर्थिक समृद्धिको आधार कृषि र पर्यटन भएको हुदाँ लुम्बिनी प्रदेश पर्यटकिय एवं पुरातात्विक हिसाबले प्रबल सम्भावना बोकेको हुदा प्रदेशले पर्यटनलाई बिशेष ध्यान दिनुपर्ने बताउदै पश्चिम        नवलपरासीमा बुद्ध संग जोडिएका थुप्रै क्षेत्रहरु मध्ये बुद्धमंगल तालपनि ऐतिहासिक तथा प्रातात्विक स्थल भएकोले यस क्षेत्रलाई  पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकार र नगरपालिकाले पहल गरेको बताए । लुम्बिनीमा आउने पर्यटकलाई यहाँसम्म ल्याउन सके यस क्षेत्रको विकासमा फड्को मार्ने बताउँदै उहाँले यसका लागि यश तालको व्यापक प्रचारप्रसार र बुद्ध सर्किटमा जोड्न आवश्यक रहेको बताए । 
      

    images
    images
    images

    सो अवसरमा बुद्धस्थल क्षेत्रका ज्ञाता बेचु गौडले कार्यपत्र प्रस्तुत गर्दै बुद्धग्रन्थहरुमा उल्लेख गरिएअनुसार तत्कालीन कोलिय गणराज्यको हलिदवसन शहरमा बुद्ध आएर नित्य पाठ गरी शिष्यहरुलाई दीक्षित गर्नुभएको ऐतिहासिक तथ्य यसै क्षेत्रमा फेला परेकोेले यस क्षेत्रलाई प्राचीन बुद्धकालिन हलिदाबसन नगर घोषणा गरिएको बताए ।

    images
    images
    images


    लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र कुमार अधिकारी र बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले बुद्ध मूर्तिको अनावरण तथा प्राचीन हलिदवसन नगर घोषणा गरेका हुन् ।


     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवलपरासी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।