Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह महोत्सवमा दुर्गेश थापाको 'धमाका'

देवदह महोत्सवमा दुर्गेश थापाको 'धमाका'

images
  • देवदह महोत्सवमा दुर्गेश थापाको 'धमाका'
    images
    images

    देवदह । देवदहमा जारी दशौँ देवदह महोत्सवको छैठौं दिन दुर्गेश थापाले प्रस्तुति दिएका छन् । दर्शकको बाक्लो उपस्थिति बीच गायक तथा स्टेज प:फमर  थापाले 'धमाका' मच्याएको मेलाका सांस्कृतिक संयोजक गोविन्द ठडराईले बताए । 

    images
    images
    images

    'आफ्ना जोसिला फ्यानहरुको उपस्थितिमा कलाकार थापाले एक घण्टा प्रस्तुति दिए ।' संयोजक ठडराईले भने, 'मेलामा स्थानीय र राष्ट्रियस्तरका जोसिला कलाकारहरुको आगमन बढ्दो छ ।'

    images
    images
    images

    सोमवार दर्शकको उल्लेख्य उपस्थिति रहेको मेलाका टिकट व्यवस्थापन उपसमिति संयोजक गङ्गा विकले बताए । उनले हालसम्म ४० हजार दर्शकले मेला अवलोकन गरेको बताए । 

    images
    images
    images

    माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ । पछिल्ला वर्षहरूमा सञ्चालन भएका व्यापार मेलाहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारमा उत्पादनको पहुँच र पहिचान विस्तारमा सहयोग पु‍¥याउँदै आएको आयोजकको भनाइ छ ।

    मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, विज्ञान प्रदर्शानी, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, बाल उद्यान, आकर्षक सेल्फी तथा टिकटक जोन लगायतका आकर्षक रहने जनाइएको छ ।

    स्थानीय तथा सांस्कृतिक खानाका होटलसहित २५० वटा स्टल रहको महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोवार हुने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।