Logo

२०८३, श्रावण ३०गते


images
images

काँग्रेस महाधिवेशन

काँग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच वार्ता हुदै

काँग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच वार्ता हुदै

images
  • काँग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच वार्ता हुदै
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसको विवाद मिलाउन आज विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच वार्ता हुने भएको छ ।

    images
    images
    images

    सभापति शेरबहादुर देउवाले औपचारिक रुपमा विशेष महाधिवेशन पक्षधरलाई छलफलका लागि बोलाएपछि समिति नै बोलाएर वार्ता गर्न लागिएको हो ।

    images
    images
    images

    विशेष महाधिवेशन पक्षबाट गुरु घिमिरे, देवराज चालिसे, मधु आचार्य र प्रदीप पौडेल वार्तामा सहभागी हुने बताइएको छ भने संस्थापन पक्षबाट कार्यवाहक सभापति  पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुने भनिएको छ ।

    images
    images
    images

    आजै बिहान ११ बजे बस्ने गरि काँग्रेसको केन्द्रीय समिती बैठक बोलाइएको छ भने विशेष महाधिवेशन पक्षधरको बन्दसत्र ९ बजेदेखि शुरु हुदैछ ।

    यसअघि सोमबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भएका छलफल भने सकारात्मक नभएको बुझिएको छ । संस्थापन पक्षले विशेष महाधिवेशनलाई स्वीकार गर्न तयार नभएको बताइएको छ ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।