Logo

२०८३, श्रावण ३०गते


images
images

काँग्रेस महाधिवेशन

काँग्रेस विशेष महाधिवेशन : निर्वाचन तालिका सार्बजनिक, आजै राति ९ बजेदेखि मतदान

काँग्रेस विशेष महाधिवेशन : निर्वाचन तालिका सार्बजनिक, आजै राति ९ बजेदेखि मतदान

images
  • काँग्रेस विशेष महाधिवेशन : निर्वाचन तालिका सार्बजनिक, आजै राति ९ बजेदेखि मतदान
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । 

    images
    images
    images

    निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् । 

    images
    images
    images

    सार्वजनिक कार्यतालिका अनुसार, आजै साँझ ९ बजेदेखि मतदानको समय तोकिएको छ ।

    images
    images
    images

    सार्वजनिक कार्यतालिकामा मध्यान्ह साढे १२ बजे नै प्रथम मतदाता नामावली प्रकाशन गर्ने, मतदाता नामावलीउपरको दाबी विरोध र छलफल साढे १ बजे र २ बजे अन्तिम मतदाता नामावली सार्बजनिक गर्ने रहेको छ । त्यस्तै २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता, साढे ४ बजे उम्मेदवारको नामावली प्रकाशन, साढे ४ देखि ५ बजेसम्म दाबी विरोध, साढे ५ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी फिर्ता, ८: ४५ मा उम्मेदारको अन्त्तिम नामावली प्रकाशन र राति ९ बजेदेखि १ बजेसम्म मतदान हुने तालिका सार्बजनिक गरिएको छ ।

    बन्दसत्रले आजै बनाएको पाँच सदस्यीय निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा रहेको निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।