Logo

२०८३, श्रावण ३०गते


images
images

काँग्रेस महाधिवेशन

विशेष महाधिवेशनबाट छानिएको काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

विशेष महाधिवेशनबाट छानिएको काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

images
  • विशेष महाधिवेशनबाट छानिएको काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै
    images
    images

    काठमाडौँ । विशेष महाधिवेशनबाट छानिएको नेपाली काँग्रेसको नयाँ कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

    images
    images
    images

    गएराती घोषणा भएको केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो । शेरबहादुर देउवा पक्षको विरोधका बाबजुत गएराती विशेष महाधिवेशन सम्पन्न भएपछि अब आधिकारिक काँग्रेस कुन समुह हो भन्ने विवाद बढ्ने देखिएको छ ।

    images
    images
    images

    विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको काँग्रेसले आज केन्द्रीय समितिको बैठक बसेर निर्वाचन आयोगमा पार्टी अध्यावधिक गर्न निवेदन दिने बताइएको छ ।

    images
    images
    images

    यसअघि विशेष महाधिवेशन पक्षले बन्दसत्रमा कार्यवधि पारित हुनासाथ निर्वाचन आयोगलाई जानकारी दिएको थियो भने बुधबार देउवा पक्षले केन्द्रीय समितिको बैठक राखेर तत्कालिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच बर्षका लागि पार्टीबाट निष्काशित गरेको थियो ।

    अब अध्यावधिकको निवेदन गएपछि निर्वाचन आयोगले काँग्रेसको आधिकारिकता बारे निर्णय गर्ने छ ।    

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।