Logo

२०८३, कार्तिक २९गते


images
images

काँग्रेसको विवाद : ८८५ जनाले हस्ताक्षर फिर्ता लिएको देउवा पक्षको दाबी

काँग्रेसको विवाद : ८८५ जनाले हस्ताक्षर फिर्ता लिएको देउवा पक्षको दाबी

images
  • काँग्रेसको विवाद : ८८५ जनाले हस्ताक्षर फिर्ता लिएको देउवा पक्षको दाबी
    images

    काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काँग्रेसको विवादको विषयमा विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय नगर्ने बताएका छन् ।

    images
    images
    images

    काँग्रेसको देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा आयोग पुगेको टोलीलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले संबिधान, ऐन कानुन अनुसार नै निर्णय लिने स्पष्ट गरेका हुन् ।

    images
    images
    images

    कार्यवाहक सभापति खड्काले सो अवसरमा विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका ८८५ जना आफ्नो हस्ताक्षर फिर्ता लिएको दाबी गर्दै सो को विवरण आयोगमा बुझाएका थिए । उनले विशेष महाधिवेशन केन्द्रीय समितिले नबोलाएको र विधि सम्मत नभएको दाबी गर्दै आफुहरुले नै आधिकारिकता पाउनु पर्ने बताएका थिए ।

    images
    images

    सो अवसरमा काँग्रेस नेता शेखर कोइरालाले ४० प्रतिशत म्हाधिवेशन प्रतिनिधिले बोलाउने अधिकार छ तर विशेष अधिवेशनको कार्यविधि केन्द्रीय समितिले बनाउनु पर्ने व्यवस्था रहेको बताए । कुनै पदाधिकारीले विशेष महाधिवेशन बोलाउने अधिकार काँग्रेसको विधानले नदिएको बताएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काँग्रेसको विवाद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।