Logo

२०८३, आश्विन ११गते


images
images

विवाद मिलेपछि बंगलादेश प्रिमियर लिगका खेल आजदेखि सुचारु हुने

विवाद मिलेपछि बंगलादेश प्रिमियर लिगका खेल आजदेखि सुचारु हुने

images
  • विवाद मिलेपछि बंगलादेश प्रिमियर लिगका खेल आजदेखि सुचारु हुने
    images
    images

    काठमाडौँ । बंगलादेश क्रिकेट बोर्डले आफ्न फाइनान्स कमिटीका निर्देशक नजमुल इस्लामलाई बर्खास्त गरेपछि पछिल्लो विवाद कम हुने संकेत देखिएको छ ।

    images
    images
    images

    बंगलादेशको क्रिकेट कल्याणकारी संघले खेल बहिष्कारको कार्यक्रम फिर्ता लिएपछि आज हुने बंगलादेश प्रिमियर लिगका खेलहरु सुचारु हुने बताइएको छ । बंगलादेशका क्रिकेट खेलाडीको कल्याणकारी संघले इस्लामलाई नहटाएसम्म सबै खेल बहिष्कार गर्ने अडान लिएपछि बोर्डले उनलाई हटाएको हो ।

    images
    images
    images

    खेलाडीहरुले खेल बहिष्कार गरेपछि विहिबारका बंगलादेश प्रिमियर लिगका दुवै खेल रोकिएका थिए । खेलाडी बहिष्कारका कारण आज विहिबार चट्टोग्राम रोयल्स र नोआखली एक्सप्रेस बीचको पहिलो र राजशाही वारियर्स र सिल्हेट टाइटन्स बीचको दोस्रो खेल स्थगित गरिएको थियो ।

    images
    images
    images

    निर्देशक इस्लामले पूर्व कप्तान तमिम इकबाललाई 'भारतीय एजेन्ट' भनेपछि क्रिकेटर कल्याण संघले सबै खेल बहिष्कार गर्ने घोषणा गरेको थियो । तमिमले भारत र बंगलादेश क्रिकेट बीचको जारी तनावलाई वार्ताबाट समाधान गर्न सुझाव दिएपछि निर्देशक इस्लामले उनलाई 'भारतीय एजेन्ट' भनेको बताइएको छ । 

    बंगलादेश क्रिकेट बोर्डले इस्लामलाई स्पष्टिकरण सोधेको भएपनि खेलाडी संघले भने उनलाई हटाउन माग गरेर खेल बहिष्कार गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बंगलादेश क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।