Logo

२०८३, श्रावण ३०गते


images
images

काँग्रेस महाधिवेशन

२९ जना महाधिवेशन प्रतिनिधिले मात्र आफ्नो नाम फिर्ता लिएका हुन् : गुरुराज घिमिरे

२९ जना महाधिवेशन प्रतिनिधिले मात्र आफ्नो नाम फिर्ता लिएका हुन् : गुरुराज घिमिरे

images
  • २९ जना महाधिवेशन प्रतिनिधिले मात्र आफ्नो नाम फिर्ता लिएका हुन् : गुरुराज घिमिरे
    images
    images

    काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले २९ महाधिवेशन प्रतिनिधिहरुले आफ्नो नाम फिर्ता लिएको स्पष्ट गरेका छन् ।

    images
    images
    images

    देउवा पक्षले शुक्रबार निर्वाचन आयोग पुगेर ८८५ महाधिवेशन प्रतिनिधिले आफ्नो नाम फिर्ता लिएको दाबि गरेपछि घिमिरेले बिशेष महाधिवेशन सम्पन्न भई केन्द्रीय कार्यसमितिको गठन समेत भइसकेर आवश्यक सम्पूर्ण दस्तावेजहरु निर्वाचन आयोगमा पुगिसकेको पृष्ठभूमिमा केही महाधिवेशन प्रतिनिधिको संख्याको फिर्ताको प्रसङ्ग तर्कहिन भएको बताउदै २९ जनाले मात्र फिर्ता लिएको स्पष्ट गरेका हुन् ।

    images
    images
    images

    घिमिरेले आफैं उपस्थित भएर बिशेष महाधिवेशनको मागपत्र बुझ्ने तत्कालीन कार्यबाहक सभापतिले बिशेष महाधिवेशन बारे हल्ला मात्रै सुनेको भन्नु उदेकलाग्दो देखिएको बताएका छन् ।

    images
    images
    images

    उनले भनेका छन्: 

    नेपाली कांग्रेसका तत्कालीन कार्यबाहक सभापतिले निर्वाचन आयोगमा पुगेर उठाएका केही बिषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

    १- नेपाली कांग्रेसको ऐतिहासिक बिशेष महाधिवेशन सम्पन्न भई केन्द्रीय कार्यसमितिको गठन समेत भइसकेर आवश्यक सम्पूर्ण दस्तावेजहरु निर्वाचन आयोगमा पुगिसकेको पृष्ठभूमिमा केही महाधिवेशन प्रतिनिधिको संख्याको फिर्ताको प्रसङ्ग तर्कहिन छ।

    २- महाधिवेशन प्रतिनिधिहरु बिशेष महाधिवेशनमा सहभागी भएर मतदान वा सर्वसम्मत रुपमा नेतृत्व चयन समेत भईसकेपछि यो बिषय उठाउनु केबल "राजनीतिक प्रपोगाण्डा"मात्र हो।

    ३- तत्कालीन केन्द्रीय कार्यसमितिले आफ्नो वैधानिक दायित्वबाट पन्छिएर बिशेष महाधिवेशनको मागलाई ३ महिनासम्म छलफलको बिषय नबनाउने र बिशेष महाधिवेशन नैं औचित्यपूर्ण छैन भनि तत्कालीन कार्यसम्पादन समितिले निर्णय गर्ने,नियमित महाधिवेशनको कार्यतालिकाको पालना नगर्ने, कृयाशिल नविकरण,बितरणको कार्य सम्पन्न समेत नगरिकन बिना सुचना वडा अधिवेशन रोक्ने,त्यसको दुईदिन पछि तत्कालीन कार्यसम्पादन समितिको बैठक राखेर ४ महिना पछि नियमित महाधिवेशनको मिति घोषणा गर्नु बिधिसम्मत देखिदैन।तत्कालीन केन्द्रीय समिति आफैं तत्कालिन कार्यतालिकाको उल्लंघनकर्ता हो।

    ४- तत्कालीन केन्द्रीय समितिले आफ्नो म्याद माघ मसान्तसम्म मात्र बढाएको तर कार्यसम्पादन समितिले म्याद गुज्रिएको ३ महिना पछिको  मिति राखेर नियमित महाधिवेशनको मिति तोक्नु सरासर अवैधानिक कार्य हो।

    ५- बिशेष महाधिवेशन आयोजनाको लागि निवेदनमा हस्ताक्षर गरेका सम्पूर्ण प्रतिनिधि मध्ये  जम्मा २९ जना महाधिवेशन सदस्यले मात्र फिर्ता लिएको अभिलेख सचिवालयमा छ।  

    ६- आफैं उपस्थित भएर बिशेष महाधिवेशनको मागपत्र बुझ्ने तत्कालीन कार्यबाहक सभापतिले बिशेष महाधिवेशन बारे हल्ला मात्रै सुनेको भन्नु उदेकलाग्दो देखिन्छ।

    ७- बिशेष महाधिवेशनको माग गर्दा २४८८ जना महाधिवेशन सदस्यको संख्या रहेको,जुन सम्पूर्ण सदस्य संख्या ४६३५ को ५४.५८% रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।