Logo

२०८३, आश्विन १०गते


images
images

नागरिक लगानी कोषबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख योगदान

नागरिक लगानी कोषबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख योगदान

images
  • नागरिक लगानी कोषबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख योगदान
    images
    images

    काठमाडौँ ।  गत भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख सहयोग उपलब्ध गराएको छ । 

    images
    images
    images

    उक्त रकम बराबरको चेक नागरिक लगानी कोषका अध्यक्ष तुलसी प्रसाद घिमिरेले शुक्रबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका छन् । सो अवसरमा अर्थ सचिव डा.घनश्याम उपाध्याय, सहसचिव उत्तर कुमार खत्री लगायत नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्की समेतको उपस्थिति रहेको थियो । भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुर्याएको योगदानका लागि नेपाल सरकारको तर्फबाट अर्थमन्त्री खनालले नागरिक लगानी कोषलाई धन्यवाद ज्ञापन गरे । 

    images
    images
    images

    साथै उक्त रकम सहित अहिलेसम्म कोषमा १४ करोड ०७ लाख जम्मा भएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नागरिक लगानी कोष
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।