Logo

२०८३, आश्विन ९गते


images
images

अपडेट - पाल्पामा पनि एक हप्ते निषेधाज्ञा 

अपडेट - पाल्पामा पनि एक हप्ते निषेधाज्ञा 

images
  • सेतोमसी सहकर्मी
  • अपडेट - पाल्पामा पनि एक हप्ते निषेधाज्ञा 
    images
    images

    सुमन गाहा, पाल्पा । कोरोना भाइरसको संक्रमण बढेपछि पाल्पामा निषेधाज्ञा जारी हुने भएको छ। बुधबार बसेको डिसीसीएमसीको बैठकले बैशाख १७ गते राति १२ बजेदेखि बैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

    images
    images
    images

    बैठकले अत्यावश्यक सवारी साधन, तरकारी, दूध, एम्बुलेन्स, बिरामी बोक्ने सवारी, प्रेस, माछा, मासु, पानी, पेट्रोल, निर्माण सामग्री जस्ता सवारीलाई भने सञ्चालन गर्न दिने जनाएको छ। बैठकले औषधि तथा स्वास्थ्य सामग्रीका पसल २४ घण्टा खुल्ने जनाएको छ। सार्वजनिक र निजी सवारी साधन सञ्चालनमा रोक लगाउने, सभा, गोष्ठी, कार्यक्रम नगर्ने, विवाह, पार्टी जस्ता भीडभाड हुने कार्य नगर्ने निर्णय गरेको छ।

    images
    images
    images

    यस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, पार्लर, सुनचाँदी पसल, सैलुन, टेलरिङ्, फुटपाथ लगायतका पसल नखोल्ने, तर होटल र रेष्टुरेन्टले भने बिहान ६ बजेदेखि १० बजेसम्म टेकअवे सेवा सञ्चालन गर्न सक्ने निर्णय भएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाल्पा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।