Logo

२०८३, कार्तिक २९गते


images
images

राजनीति

काँग्रेस विवाद बारे ओलीको प्रश्न : सडकमा बहुमत पुर्‍याएँ भनेको भरमा बहुमत पुग्छ त ?

काँग्रेस विवाद बारे ओलीको प्रश्न : सडकमा बहुमत पुर्‍याएँ भनेको भरमा बहुमत पुग्छ त ?

images
  • काँग्रेस विवाद बारे ओलीको प्रश्न : सडकमा बहुमत पुर्‍याएँ भनेको भरमा बहुमत पुग्छ त ?
    images

    काठमाडौँ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको विभाजनप्रति चिन्ता प्रकट गरेका छन् ।

    images
    images
    images

    एमालेको राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले काँग्रेसको विभाजन लोकतन्त्र कमजोर पार्ने खेल भएको बताएका हुन् ।  उनले के निर्णय गर्ने भन्ने कुरा कानुन अनुसार स्पष्ट भएको भन्दै निर्वाचन आयोगले तलमाथि गर्नै नपर्ने बताए । 

    images
    images
    images

    ओलीले काँग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनमा समेत प्रश्न उठाएका छन् । उनले भने- 'नेपाली कांग्रेसको महाधिवेशन नभनेर विशेष किन भनेको ? महाधिवेशनको मिति तोकिसकिएको छ ।  कसले बोलाउने भन्ने पनि थिति होला नि त । बहुमत-अल्पमतको टुङ्गो गर्ने नि थिति होला नि त । कसैले सडकमा बहुमत पुर्‍याएँ भनेको भरमा बहुमत पुग्छ त ?’ 

    images
    images

    ओलीले नेपाली कांग्रेस विभाजनको स्थितिमा पुग्नु एमालेका लागि दु:खद भएको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस विवाद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।