Logo

२०८३, आश्विन ११गते


images
images

नासाको चन्द्रमा मिशन : आर्टेमिस २ मिसनमा चार अन्तरिक्ष यात्री जादै

नासाको चन्द्रमा मिशन : आर्टेमिस २ मिसनमा चार अन्तरिक्ष यात्री जादै

images
  • नासाको चन्द्रमा मिशन : आर्टेमिस २ मिसनमा चार अन्तरिक्ष यात्री जादै
    images
    images

    काठमाडौँ । नासाको चन्द्रमा मिशन अन्तर्गत आर्टेमिस २ मिसन प्रक्षेपणको लागि तयार रहेको छ । चालक दलले पत्रकार सम्मेलन गरेर मिशनको तयारी पुरा भएको बताएका छन् ।

    images
    images
    images

    मिसनमा चार सदस्यीय चालक दल हुनेछन् । जसमा नासा कमाण्डर रीड वाइजम्यान, पाइलट भिक्टर ग्लोभर, र मिसन विशेषज्ञ क्रिस्टिना कोच रहेका छन् । क्यानेडियन अन्तरिक्ष एजेन्सीका अर्का मिसन विशेषज्ञ जेरेमी ह्यान्सन पनि सवार हुनेछन् ।

    images
    images
    images

    रीड वाइजम्यानले चालक दल तयार रहेको र चालक दल दुई वर्षभन्दा बढी समयदेखि यस मिसनमा काम गरिरहेको जानकारी दिए ।

    images
    images
    images

    त्यस्तै क्रिस्टिना कोचले यस मिसनको प्राथमिक उद्देश्य 'पृथ्वीमा खोज र ज्ञान फिर्ता ल्याउनु' रहेको बताइन । पाइलट भिक्टर ग्लोभरले १० दिने मिसनमा बाइबल र 'आफ्नी छोरीहरू र श्रीमतीसँग सम्बन्धित वस्तुहरू' बोक्ने बताए । 

    नासाको आर्टेमिस २ को पहिलो सम्भावित प्रक्षेपण मिति फेब्रुअरी ६ हो। यद्यपि, नासाले मिसनको लागि धेरै वैकल्पिक प्रक्षेपण मितिहरू तय गरेको छ । डिसेम्बर १९७२ मा अपोलो १७ को अवतरण पछि यो चन्द्रमामा पहिलो मानव मिशन हुनेछ । यद्यपि, आर्टेमि- २ को लागि चन्द्रमा अवतरण योजना गरिएको छैन ।

    यो मिसनले आर्टेमिस- ३ को समयमा अन्तरिक्ष यात्रीहरूको चन्द्रमा अवतरणको लागि मैदान तयार गर्नेछ । नासाले यो अवतरण २०२७ भन्दा पहिले हुने बताएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नासाको चन्द्रमा मिशन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।