Logo

२०८३, श्रावण ३१गते


images
images

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेको राजीनामा

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेको राजीनामा

images
  • स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेको राजीनामा
    images
    images

    काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले राजीनामा दिएका छन् । स्वास्थ्य बीमाको भुक्तानीमा समस्या भएका कारण अस्पतालहरूले बीमा सेवा बन्द गर्न शुरु गरेपछि कार्यकारी निर्देशक काफ्लेले राजीनामा गरेका हुन् ।

    images
    images
    images

    ४० करोड भुक्तानी बाँकी रहेको भन्दै यही १ माघदेखि महाजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार बन्द गरेको थियो । 

    images
    images
    images

    बीमा बोर्डका अनुसार देशभरका ५१० वटै सेवाप्रदायक अस्पतालहरूलाई साढे १० अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको छ । 

    images
    images
    images

    २०७२ देखि शुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयनको अभावमा बन्द हुने अवस्थामा पुगेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वास्थ्य बीमा बोर्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।