Logo

२०८३, कार्तिक २९गते


images
images

आर्थिक सहयोग

देवदह सेवा समाज युएईद्धारा मन्दिरलाई आर्थिक सहयोग

देवदह सेवा समाज युएईद्धारा मन्दिरलाई आर्थिक सहयोग

images
  • देवदह सेवा समाज युएईद्धारा मन्दिरलाई आर्थिक सहयोग
    images

    देवदह । देवदह सेवा समाज युएईले शुक्रवार एक कार्यक्रम विच रुपन्देहीको देवदह स्थित  दुर्गा मन्दिरलाई आर्थिक सहयोग गरेको छ ।

    images
    images
    images

    समाजका प्रमुख सल्लाहाकार तोयनाथ लम्साल तथा प्रवक्ता छवि पाण्डेले देवदहको भलुही स्थित दुर्गा मन्दिर समितिका अध्यक्ष नरनाथ पहारीलाई नगद १ लाख १ हजार १ सय एघार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् । 

    images
    images
    images

    सहयोग रहम हस्तान्तरण गर्दै सल्लाहकार लम्सालले २०१७ सालमा स्थापना भएको समाजले मृगौला पिडित, विदेशमा अलपत्र परेकाहरुको उद्धार तथा देवदहमा रहेका विभिन्न मठ मन्दिरहरुमा सहयो गर्दै आएको जानकारी दिए । उनले आगामी दिनमा पनि सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए । 

    images
    images

    सल्लाहकार लम्सालले सर्व धर्म सहितको हिन्दु राष्ट्र आजको आवश्यक्ता रहेको भन्दै धर्म संस्कृति जगेर्ना सबैको दायित्व रहेको बताए । उनले राजसंस्था सहितको हिन्दु राष्ट्र बनाउने अभियानमा सबै दलहरु अगाडी आउनु पर्नेमा जोड दिए । 

    देवदह सेवा समाज युएइका अध्यक्ष रमेश न्यौपाने, संरक्षक श्याम बस्याल, मिलन पुन, विजय तिवारी, बन्दना न्यौपाने, कमल गौतम लगाएत देवदहका दाताहरुको आर्थिक सहयोग संकलन गरी उक्त मन्दिरको लागि सहयोग जुटाएका हुन् । 

    दाताहरुको सहयोग प्रति मन्दिरका अध्यक्ष पहारीले आभार प्रकट गर्दै आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिन आग्रह गरे । स्थानिय नानी मैयाँ ओझाको संचालनमा भएको कार्यक्रममा स्थानीय आमा समूह तथा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह सेवा समाज युएई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।