Logo

२०८३, कार्तिक २९गते


images
images

देवदह सेवा समाज युएईद्वारा भलुहीको दुर्गा मन्दिरलाई १ लाख बढी आर्थिक सहयोग

देवदह सेवा समाज युएईद्वारा भलुहीको दुर्गा मन्दिरलाई १ लाख बढी आर्थिक सहयोग

images
  • देवदह सेवा समाज युएईद्वारा भलुहीको दुर्गा मन्दिरलाई १ लाख बढी आर्थिक सहयोग
    images

    देवदह । देवदह सेवा समाज युएईले शुक्रबार एक कार्यक्रमका बीच रुपन्देहीको देवदहस्थित भलुहीमा रहेको दुर्गा मन्दिरलाई आर्थिक सहयोग गरेको छ ।

    images
    images
    images

    समाजका प्रमुख सल्लाहकार तोयनाथ लम्साल र प्रवक्ता छवि पाण्डेले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरनाथ पहारीलाई नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

    images
    images
    images

    देवदह सेवा समाज युएईका अध्यक्ष श्याम बस्याल, संरक्षक रमेश न्यौपाने, मिलन पुन, विजय तिवारी, बन्दना न्यौपाने, कमल गौतम तथा देवदहका दाताहरूबाट संकलित रकम मन्दिरका लागि सहयोगस्वरूप प्रदान गरिएको समाजले जनाएको छ।

    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै लम्सालले देवदह सेवा समाजले मृगौला पीडितको उपचार सहयोग, विदेशमा अलपत्र परेका नेपालीको उद्धार तथा देवदहका मठ-मन्दिरमा सहयोग गर्दै आएको उल्लेख गरे । उनले आगामी दिनमा पनि समाजको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

    मन्दिर समितिका अध्यक्ष नरनाथ पहारीले सहयोगदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए ।

    स्थानीय नानी मैयाँ ओझाको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजसेवी लक्ष्मण चौधरी, स्थानीय समाजसेवी तथा आमा समूहहरूको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह सेवा समाज युएई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।